Skip to content
LAXMI SUNRISE BANK

नेपाल प्रहरीसँग हतियार थिएन, सशस्त्रले गोली नचलाउँदा यो हाल (भिडियो सहित )

अर्थ सरोकार

डिउटीमा पुगेको १० मिनेट नपुग्दै हामी माथी आक्रमण शुरु भयो। हामी (नेपाल प्रहरी) लठ्ठी, ग्यास गन र रबर गोलीवाला सट लिएर गएका थियौं।

लक्ष्मण न्यौपाने एसएसपीसापको टोलीको मद्दतका लागि  हामी शसस्त्र र नेपाल प्रहरी गरी ५०/६० जनाको टोली थियौं।

चारैतिरबाट घेरेर हामीलाई  हसियाँ, भाला, खुकुरी र बियरको बोतलले आक्रमण गरे। ज्यान जोगाउनै गाह्रो भएपछि एसएसपीसापले गोली चलाउने आदेश दिनु भयो। हामीसँग गोली नै थिएन। हामीले लठ्ठीमात्र लिएर गएका थियौं भनेपनि हुन्छ।

सशस्त्र प्रहरी एसपीसापले भने गोली चलाउने आदेश दिनुभएन। त्यसकारण पनि ठूलो क्षति हुन पुगेको हो।  आन्दोलनकारीहरुको आक्रमणमा परेर  घाईते भएपछि बल्ल तल्ल ज्यान जोगायौं। यो हामीले दोस्रो जुनी पाएजस्तो भयो।

साँझ हामी घाईतेहरुलाई टिकापुर अस्पताल लगियो। त्यहाँ उपचार हुन नसकेपछि राति १२ बजे तिर यहाँ कोहलपुर ल्याइयो। हामी कोहलपुर अस्पतालमा आएको पनि १२ घन्टाभन्दा बढी भयो तर हामीलाई हेर्ने र हेरबिचारका लागि प्रहरी र प्रशासनका कुनै हाकिम साप आएका छैनन्। अस्पताल डिउटीमा खटिएका एक जना प्रहरी जवानले उपचारमा सहयोग गरी रहेका छन्।

अस्पतालले बरु निशुल्क गरि दिएको छ । तर हामीलाई हाम्रै प्रहरी बिभाग र सरकारले हेरेको छैन । प्रहरीमा यस्तै छ। के गर्नु कस्लाई भन्नु ? हाम्रो कुरा कस्ले पो सुनि दिन्छ र !-सेतोपाटि

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK