×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवा ज्यू ! ‘थारुहरुलाई रौं पनि दिन्न’ भन्ने को ? : बाबुराम भट्टराइ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देउवा ज्यू ! ‘थारुहरुलाई रौं पनि दिन्न’ भन्ने को ? : बाबुराम भट्टराइ

Artha Sarokar

९ भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार सम्मेलन गरीवरी एमाओवादी नेता बाबुराम भट्टराईका कारण थारु आन्दोलन हिंसात्मक भएको बताए ।
यसअघि संचारमाध्यममा देउवाले शिर्ष नेताहरुको बैठकमा ‘थारुहरुलाई रौं पनि दिन्न’ भनेको समाचारहरु आएको थियो । शिर्ष नेताहरुको बैठकमा पश्चिमका कैलाली र कन्चनपुरलाई देउवा, एमालेका नेता भिम रावल र माओवादीका नेता लेखराज भट्टले नमानेपछि सुदुरपश्चिमबाट छुटाउन नसकेको आशयका भनाइहरु सार्वजनिक भएका थिए ।
थारुलाई रौं पनि दिन्न भनेको हो कि होइन ? दोष बाबुरामलाई थोपरेर किन भाग्दै हुनुहुन्छ नेता महोदय ? बाबुराम भट्टराईले अधिकारहन मानिसहरुलाई अधिकार दिनुपर्छ भन्नुभएको जगजाहेर नै छ । आन्दोलन रौं पनि दिन्न भन्नेले भड्काएको हो कि अधिकार दिउँ भन्नेले भड्कायो ?
संघीयतामा थरुहट राज्यको माग सहित कैलालीमा उठेको आन्दोलन हिंसात्मक बनेको छ । नेपाल प्रहरीका एसएसपी सहित ८ जना सुरक्षाकर्मी र आन्दोलनकारीको मृत्यु भइसकेको छ । सरकारले त्यसलाई संयमता अपनाएर समस्या सल्टाउनुको सट्टा सेना परिचालन गरेर आन्दोलनलाई भड्काउने दिशातिर गइरहेको छ । थारु आन्दोलन किन भड्कीयो ? सबैको चासोको विषय हो ।
संविधानसभाका प्रमुख दलका शिर्ष नेताहरुले दश बर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन र मधेश आन्दोलन लगायतका विभिन्न आन्दोलनले उठाएको एजेण्डामध्ये पहिचानको आधारमा संघीयता बनाउने बिषयलाई दलहरुले बेवास्ता गरेपछि देशैभरिको स्थिती तनावग्रस्त बन्दै गइरहेको थियो । सुदुरपश्चिमको हकमा विभिन्न आन्दोलनहरुमा दलहरुले आश्वासन दिएको थरुहट प्रदेशको मागलाई सम्बोधन नगरेपछि आन्दोलनले चर्को रुप लिएको हो ।
संघीयताको बिषयलाई टुङगो लगाउनका लागि पटक–पटक बसेको शिर्षनेताहरुको बैठकमा सुदुरपश्चिमबाट नेतृत्व गरिरहेका मुख्य दलका तिन नेता नेपाली कंग्रेसका शेर बहादुर देउवा, एमालेका नेता भिम रावल र एमाओवादीका नेता लेखराज भट्ट थारुवान राज्य दिने कुराको बिपक्षमा थिए । नेपाली कंग्रेसका नेता तथा पुर्वप्रधानमन्त्री देउवाले सिंहदरबारमा बसेको प्रमुख दलका शिर्ष नेताहरुको बैठकमा ‘थारुहरुलाई रौँ पनि दिन्न’ भनेपछि एमाओवादी नेता बाबुराम भट्टराईले देउवाले हठ नछोडे र संघीयता नमाने अर्को जनयुद्धमा जाने बताएको समाचार यसअघि नै आइसकेको छ । कुनैपनि हालतमा ‘अखण्ड सुदुपश्चिम’ नछोड्ने देउवाकै कारण थारु आन्दोलन भड्किएको कुरा जगजाहेर नै छ ।
कैलालीमा भएको हिंसात्मक आन्दोलनका जिम्मेवार संघीयता पनि माग्ने र अखण्डताका नाममा देउवा, रावल र भट्ट थारुहरुलाई अधिकार पनि नदिइएको बारे आजको पत्रकार सम्मेलनमा देउवाले खासै उच्चाहरण गरेनन् ।
जिम्मेवार भएर कैलाली र कञ्चनपुरमा थारु समुदायलार्इ रौँ पनि दिन्न भनेर वेवास्ता गरेकै कारण थारु समुदाय आक्रोशित भएर आन्दोलन चर्काए भन्ने आरोपलाई देउवाले खण्डन किन गरेनन् ? थारुलाई रौं पनि दिन्न भनेको हो कि होइन ? दोष बाबुरामलाई थोपरेर किन भाग्दै हुनुहुन्छ नेता महोदय ? बाबुराम भट्टराईले अधिकारहन मानिसहरुलाई अधिकार दिनुपर्छ भन्नुभएको जगजाहेर नै छ । आन्दोलन रौं पनि दिन्न भन्नेले भड्काएको हो कि अधिकार दिउँ भन्नेले भड्कायो ?
यदी देउवा अधिकार दिन तयार छन् भने आजको पत्रकार सम्मेलनमा थारुहरुको मागका बारेमा किन बोलेनन् ? केही जवाफ छ ? – खबरडबली डटकम 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी