
‘फ्रि द निप्पल’ भन्दै छाति खोलेर हिँडेका महिलाहरुले संसारका ६० शहरहरुमा आइतबार जात्रा गरेका छन् । ‘गो टपलेस डे’ मनाउने क्रममा अर्द्धनग्न महिलाहरुले निप्पल (स्तनको मुन्टो) देखाउन पाउनुपर्ने माग गरेका हुन् ।
टपलेस महिलाहरुको सबैभन्दा ठूलो भेला अमेरिकाको न्यूयोर्क शहरमा देखियो । टाइम्स स्वायरमा प्रदर्शन गरिरहेका महिलालाई रोक्ने किन नरोक्ने भन्ने द्विविधामा रहेका सरकारी अधिकारीहरुले कुनै कदम चाल्न सकेनन् ।
न्यूयोर्कको प्रदर्शनमा अगुवाई गरिरहेकी अभिनेत्री तथा मोडल रचेल जेसीले महिलासरह पुरुषलाई पनि सार्वजनिक स्थानमा अर्धनग्न हुन दिनुपर्ने बताइन् । ‘विश्वव्यापी रुपमा महिलाहरुले पुरुषले जस्तैगरी निप्पल देखाउन पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’