Skip to content
LAXMI SUNRISE BANK

नौ कक्षामा पढ्ने किशोरी सौता लाग्न खोज्दा …..

अर्थ सरोकार

काठमाडौं १० भदौ। सर्लाही पत्थरकोटकी १८ वर्षीया किशोरी सोनिया श्रेष्ठ काठमाडौको गौशालास्थित होटलमा मृत फेला परिन् । होटल गौशालाको रुम नम्बर ११८ मा मृत अवस्थामा भेटिएकी सोनियाको साथ कोही थिएन । दुई दिनअघिदेखि सोनियासँग होटलमा रहँदै आएका युवक भने होटलबाट फरार भइरहेका थिए । होटल सञ्चालकलाई शंका लाग्यो, किशोरीको हत्या त्यही युवकबाट भयो ।

होटलमा बस्ने युवकको नाम, ठेगाना र फोन नम्बर दर्ता थियो । होटल मालिकले तत्काल गौशाला प्रहरीलाई खबर गरे । खबर लगत्तै प्रहरी होटलमा पुग्यो । होटलमा दर्ता भएको मोबाइलमा डायल गर्यो । तर सम्बन्धित युवक फेला परेन । तर, साँझ अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भयो । ‘न त होटलमा दर्ता भएको युवकको मोबाइल नम्बर सहि थियो न त नाम’ गौशाला प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक सुरेन्द्र मैनालीले भने-‘तर अरुलाई प्रयोग गरेर फोन गर्न लगाई केएमसी हस्पिटल नजिकबाट पक्राउ गर्न सफल भयौं ।’

होटलमा दर्ता गरेको नाम र सम्पर्क नम्बर नै गलत लेखाएपछि प्रहरीले अभियुक्तलाई केरकार गर्न गाह्रो परेन । प्रहरीले घटना लगत्तै पक्राउ गरेका सर्लाही पत्थरकोटकै युवक अभिनाश थिङले किशोरीको हत्या गरेको स्वीकार गरे । थिङका अनुसार उनी र सोनियाबीच तीन वर्षअघिदेखि नै प्रेम सम्वन्ध थियो । तर, अभिनाश विवाहित युवक हुन् । उनी दुई महिनाकी छोरी र ४ वर्षका छोरा श्रीमतीको साथमा पत्थरकोटमै बस्दै आएका थिए ।

थिङले सोनियालाई १५ वर्षकै कलिलो उमेरमा मायाजालमा पारेको प्रहरीको प्रारम्भीक बयानबाट खुलेको छ । थिङले सोनियालाई विवाह गर्ने भन्दै फकाएर काठमाडौं ल्याएका रहेछन् । सर्लाही पत्थरकोटकी नौ कक्षामा पढ्दै गरेकी किशोरी प्रेमीसँगै काठमाडौ आएकी थिइन् । तर, अभियुक्त थिङले सोनियाको हत्या गर्ने योजना काठमाडौं आउनुअघि नै बनाएको हुन सक्ने प्रहरीको अनुमान छ । थिङ वैदेशिक रोजगारीमा जाने तयारीमा रहेको डिएसपी मैनालीले बताए ।

बिहीबार बिहान सर्लाही नै फर्किन नमानेपछि किशोरीको हत्या गरेको अभियुक्तको बयानमा खुलेको छ । बिहीबार विहान साढे ५ बजेतिर घर फर्किने भन्दा किशोरीले विवाह गरी पहिलाको श्रीमतीलाई छाडेर काठमाडौमा बस्न भनेपछि दुई जनाबीच झगडा भयो । त्यही बेला आवेगमा आएर किशोरीको हत्या गरेको थिङले प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीले थप अनुसन्धान भएरहेका बताएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK