×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ वर्षकी बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

६ वर्षकी बालिका बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

१२ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भदौ १२  । बालिका बलात्कारका घटना दिनानुदिन बढ्दै गइरहेको छ । बलात्कारीलाइ गरिने कारबाही फितलो भएका कारण पनि बलात्कारका दोहोरिरहेका छन । ६ बर्षकी बालीका बलात्का गरेको आरोपमा शनिबार रौतहटमा एक जना युवा पक्राउ परेका छन् । चन्द्रपुर–१२ का १९ वर्षका अजय राम चमारलाई ६ वर्षकी बालिकाको बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । चमारले शुक्रबार दिउँसो बालिकाको बलात्कार गरेको आरोप लागेको छ । पीडित बालिकाका बाबुले दिउको उजुरीका आधारमा चमारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: