
वेइजिङ, भदौ ११ (एजेन्सी) २९ वर्षिया लिन पूर्वी चीनस्थित वेन्झेउमा रहेको मिस्टर हट पट रेस्टुरेण्टमा बसेर परिवारका सदस्यहरुसँग रमाइलो गरिरहेकी थिइन् । त्यति नै बेला उनलाई रेस्टुरेन्टमा कार्यरत एक वेटरले तातो पानी खन्याए ।
अहिले लिनको शरिरका विभिन्न भाग डढेको छ । सिसीटिभीले वेटरले उनीमाथि पानी खन्याउँदै गरेको भिडियो कैद गरेको थियो । उनको हटपटमा वेटरले हालेको पानीको परिणामलाई लिएर त्यसअघि पटक–पटक लिनले वेटरसँग विवाद गरेकी थिइन् । १७ वर्षिय वेटरको नाम जु रहेको बताइएको छ ।
लिनले पटक पटक किचकिच गरेपछि उक्त वेटर किचेनमा गए र उनले तातो पानीले लिनमाथि प्रहार गरे । अहिले लिनको शरिर तथा अनुहारमा नराम्रो दाग बसेको छ । त्यसपछि उक्त किशोरले महिलालाई चियरबाट तान्दै लतारेर काउन्टरमा लगेर लात हानेको दृश्य सिसीटिभीमा कैद छ । त्यसपछि उक्त वेटरलाई अन्य ग्राहकले समातेका थिए ।
लिलाई भने अस्पताल लगियो, तर उनको छालामा क्षति पुगिसकेको थियो । अहिले उनको अवस्था ठीक छ । यता, प्रहरीले मिस्टर झुलाई पक्राउ गरिसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्