×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किचकिच गरेको भन्दै वेटरले ग्राहकमाथि तातोपानी खन्याएपछि… (भिडियो सहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

किचकिच गरेको भन्दै वेटरले ग्राहकमाथि तातोपानी खन्याएपछि… (भिडियो सहित)

Artha Sarokar

११ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वेइजिङ, भदौ ११ (एजेन्सी) २९ वर्षिया लिन पूर्वी चीनस्थित वेन्झेउमा रहेको मिस्टर हट पट रेस्टुरेण्टमा बसेर परिवारका सदस्यहरुसँग रमाइलो गरिरहेकी थिइन् । त्यति नै बेला उनलाई रेस्टुरेन्टमा कार्यरत एक वेटरले तातो पानी खन्याए ।

अहिले लिनको शरिरका विभिन्न भाग डढेको छ । सिसीटिभीले वेटरले उनीमाथि पानी खन्याउँदै गरेको भिडियो कैद गरेको थियो । उनको हटपटमा वेटरले हालेको पानीको परिणामलाई लिएर त्यसअघि पटक–पटक लिनले वेटरसँग विवाद गरेकी थिइन् । १७ वर्षिय वेटरको नाम जु रहेको बताइएको छ ।

लिनले पटक पटक किचकिच गरेपछि उक्त वेटर किचेनमा गए र उनले तातो पानीले लिनमाथि प्रहार गरे । अहिले लिनको शरिर तथा अनुहारमा नराम्रो दाग बसेको छ । त्यसपछि उक्त किशोरले महिलालाई चियरबाट तान्दै लतारेर काउन्टरमा लगेर लात हानेको दृश्य सिसीटिभीमा कैद छ । त्यसपछि उक्त वेटरलाई अन्य ग्राहकले समातेका थिए ।

लिलाई भने अस्पताल लगियो, तर उनको छालामा क्षति पुगिसकेको थियो । अहिले उनको अवस्था ठीक छ । यता, प्रहरीले मिस्टर झुलाई पक्राउ गरिसकेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी