Skip to content
LAXMI SUNRISE BANK

संविधान घोषणा नभएसम्म सिके राउत घरमै नजरबन्द

अर्थ सरोकार

वीरगन्ज ११ भदौ मधेसलाई नेपालबाट टुक्राएर अलग्गै राज्य बनाउने अभियान चलाइ रहेका सिके राउतलाई सरकारले संविधान घोषणा नभएसम्म उनकै घरमा नजरबन्दमा राख्ने भएको छ । 
राज्यद्रोहको मुद्धामा बैशाख १० गते सर्वोच्चबाट सफाई पाएका राउतलाई सुरक्षा संबेदनशिलताका कारण नजरबन्दमा राखिएको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ । राउतले भने– ‘मैले सर्वोच्चबाट बैशाख १० मा सफाई पाएर आए लगत्तै केही समय कडा निगरानीमा थिए तर भूकम्पपछि मलाई घरमै नजरबन्द राखिएको छ ।
 यो बीच मलाई बाहिर जिल्लाहरुमा जान रोक लगाईएको छ ।’ गृहसचिव सूर्यप्रसाद सिलवालले राउतलाई नजरबन्दमा नराखिएको तर उनकै सुरक्षालाई मध्यनजर गर्दै सर्तकता अपनाईएको बताए । साथै उनले राज्यविद्रोहको र राज्यको सार्वभौमिकतामा असर पर्ने कुनै पनि गतिविधि गरेमा पक्राउ गर्न सकिने जनाए । राजबिराज ९ स्थित राजदेवी टोलमा आफ्नै घरमा नजरबन्द रहेका उनलाई सरकारले संविधान घोषणा नभएसम्म घरबाट बाहिर जान नदिने योजना सरकारको रहेको सुरक्षा स्रोतले जनाएको छ । स्रोतका अनुसार उनलाई घरमा गरिएको नजरबन्द 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK