टीकापुर, कैलालीमा नरसंहारकारी घटना भएको भोलिपल्टै अर्थात् ८ भदौमा प्रधानमन्त्री सुशील कोइराला र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादबारे विभिन्न टीकाटिप्पणी भए । त्यससम्बन्धी प्राय: रिपोर्टिङहरू भारतीय प्रधानमन्त्री मोदीले कोइरालालाई टेलिफोन गरी टीकापुर घटनाप्रति दु:ख व्यक्त गरेको, आवश्यक सहयोग गर्न तयार रहेको बताएको लगायत विवरणमा आधारित भएर आए । तर, टेलिफोनचाहिँ मोदीले नभई नेपालकै प्रधानमन्त्री कोइरालाले गरेको पाइएको छ ।
कोइरालाले नै भारतीय समकक्षी मोदीलाई टेलिफोन गरेको पुष्टि गर्दै प्रधानमन्त्री कोइरालाका विदेश मामिला

सल्लाहकार दिनेश भट्टराई भन्छन्, “टेलिफोन कुनै तात्कालिक परिस्थितिका कारण तत्कालको निर्णयका आधारमा गरेको नभई हाम्रो पूर्वयोजना अनुरूप भएको हो ।”
“दुई देशका सरकार प्रमुखबीचका वार्ता योजना र पद्धतिमा आधारित नै हुन्छन् । हतार हतारमा हुन सक्दैन । टेलिफोन कुनै तात्कालिक परिस्थितिका कारण तत्कालको निर्णयका आधारमा गरेको नभई हाम्रो पूर्वयोजना अनुरूप भएको हो ।” – दिनेश भट्टराई, प्रधानमन्त्रीका प्ररराष्ट्र सल्लाहकार
भट्टराईका अनुसार, १५ अगस्ट (भारतको स्वतन्त्रता दिवस) को अवसरमा फोन गरेर शुभकामना दिने योजना कोइरालाको थियो । तर, भारतीय प्रधानमन्त्री मोदी १६–१७ अगस्टमा युनाइटेड अरब इमिरेट्स भ्रमणमा गएको, त्यसपछि फर्केर विहारको चुनावमा व्यस्त रहेको कारणले ढिलाइ भएको र कैलाली घटनाको भोलिपल्टको दिन संयोग मात्रै परेको उनको भनाइ छ । भट्टराई भन्छन्, “दुई देशका सरकार प्रमुखबीचका वार्ता योजना र पद्धतिमा आधारित नै हुन्छन् । हतार हतारमा हुन सक्दैन ।”
दुवै देशका सरकारप्रमुख बीच टेलिफोन संवाद भएको कुरा तत्कालै सार्वजनिक भएको थियो । नेपालस्थित भारतीय राजदूतावासले पनि संवादसम्बन्धी प्रेस विज्ञप्ति जारी गरेको थियो । प्रधानमन्त्री कोइरालाका सहयोगीहरूले पनि भारतीय समकक्षीसँगका संवादका विवरण सञ्चारकर्मीलाई टिपाएका थिए । तर, टेलिफोन कसले गरेको थियो भन्नेचाहिँ स्पष्ट पारिएको थिएन । – नेपाल साप्ताहिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्