काठमाडौं- सात तलाबाट हाम फालेर निखिल उप्रेतीले फिल्म ‘पिँजडा’मार्फत् नेपाली रजतपटमा पदार्पण गरेका थिए। उक्त पहिलो फिल्मपछि उनको करिअर निरन्तर उकालो लाग्यो। करिअर उचाइमा रहेकै बेला निखिल

अचानक अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो बिहे गरेर पाँच वर्ष मुम्बई भासिए।
पाँच वर्षको मुम्बई बसाइपछि निखिल लेखक तथा निर्देशकको नयाँ परिचयसहित फर्केका छन् फिल्म ‘भैरव’मार्फत्। उनको लेखन, निर्देशन र अभिनय रहेको ‘भैरव’ शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। उनीसँगको कुराकानीका मुख्य अंशः
–नर्भस हुनुहुन्छ?
फिटिक्कै छैन।
–एकसाथ अभिनेता, लेखक, निर्देशक तीनवटै महŒवपूर्ण विधामा हात हाल्दा केही डर त होला नि प्रतिक्रियाको?
म पहिलादेखि नै जोखिम मोल्दै यहाँसम्म आएको हुँ। त्यसैले उति साह्रो डराएको छैन। मैले तीनवटै विधालाई स्वाभाविकताका साथ पस्कने प्रयास गरेको छु। जहाँसम्म निर्देशनको कुरा छ, म संयोगले कलाकार बनेको हुँ। मेरो पहिलो रोजाइ पहिलेदेखि नै निर्देशन नै हो। फिल्ममा एउटा इमान्दार पुलिस अफिसरको कथा छ। यति भन्ने बित्तिकै आधाउधी कथा आफैं दिमागमा आउँछ। अभिनयको अनुभवको त कुरै गर्न परेन।
–तर तपाईंको प्रोमो हेरेर मानिसले साउथ वा बलिउड फिल्मको नक्कल होला भन्ने अड्कल काटिरहेका छन्?
मेकिङको शैली निश्चय नै मिल्छ। तर मैले यहीँको कथा भन्ने प्रयास गरेको छु। तराईको परिवेशमा एउटा इमान्दार पुलिसले शान्ति सुरक्षा र कर्तव्य पालनका क्रममा आउने चुनौतीलाई कसरी सामना गर्छ? फिल्मको एकसरो कथा यही नै हो।
–प्रोमोमा त तपाईंले प्रयोग गरेको संवाद साउथ इन्डियन फिल्मसँग दुरुस्तै मिलेको छ?
सन्दर्भ मिल्ने भएर एकदुई संवाद लिएको छु, त्यो पनि जस्ताको तस्तै हैन। त्यो बाहेक केही पनि मिल्दैन।
–जुँगा त ‘दबंग’को सलमान खानको जस्तो राख्नुभएको छ?
जुँगा पुरुष हुनुको पहिचान हो नि। मैले निर्वाह गरेको भूमिकालाई थप विश्वसनीय बनाउन जुँगा राखेको हुँ।
–फिल्मकी अभिनेत्री अनु शाहलाई तपाईंले मतलब नगरेको खबर छ?
मैंले मतलब नगरेको होइन। उहाँ आफ्नो काममा व्यस्त भएकाले नदेखिनु भएको हो। मैले जानाजान उहाँलाई माइनस गर्न खोजेको होइन।
–तपाईको फिल्मलाई सेन्सरले तराईमा नचलाउने शर्तमा प्रदर्शन अनुमति दिएको खबर छ? यथार्थ के हो?
समाचारमा सेन्सरले फिल्म रोक्यो भन्ने खालका समाचार आएका थिए तर यथार्थ के हो भने सेन्सरले कहिलै पनि फिल्म रोक्न खोजेको थिएन। फिल्ममा हामीले उठाएको मुद्दा र अहिले तराईमा भइरहेका घटनामा सामञ्जस्यता देखिएकाले गृह मन्त्रालयका पदाधिकारीहरुले तराईमा चाहिँ तत्काल रिलिज नगर्न आग्रह गर्नुभयो। हामीले मान्यौं। – नागरिकन्युज
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्