
टिकापुर घटनाका प्रत्यक्षदर्शी सीता बर्माले बिहीबार मानवअधिकारमर्मीलाई घटनाबारे गरेको साविति आजको नागरिक दैनिकमा टिकापुरबाट दिलबहादुर छन्त्यालले लेखेका छन्।
सोमबार भदौ ७ २०७२
टीकापुर नपा ६ शंकरापुरस्थित टायलले छाएको एकतले घरको आँगनमै थिइन्। सीता बर्मा। भाग्दै एक जना बर्दीधारी उनको घरको दक्षिणतिरको ढोकाबाट भित्र छिरे। उनी बाहिरबाट ढोका तानेर लगाइदिँदै थिइन्। ती प्रहरीले भित्रबाट चुकुल लगाउन पाएकै थिएनन्। हात हातमा भाला, लठ्ठी चक्कु बोकेकाको हुल दपेड्दै आइपुग्यो।
भित्र लुकेका मान्छेलाई उनीहरूलाई बाहिर तान्दै पीट्दै आँगनमा निकाले। ती प्रहरी उनीहरूसँग जीवनको भिख मागिरहेका थिए। सीताले सहन सकिनन्। क्रुर ढंगले हानिरहेको देखेर उनले हात जोडेर बिन्ती गरिन्, यसरी नमार्नुहोस् छाडिदिनुहोस्।’ तर उनीहरूले छाडेनन्। लखेटी-लखेटी घरेलु हतियार प्रयोग गरेर ती प्रहरीको ज्यान लिए। तीनै प्रहरी थिए नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने।
‘जीवनको भिख मागिरहेका व्यक्तिलाई छाडिदिनुहोस्, नमार्नुहोस् भनेर बिन्ती गर्यौ,’सीताले सीताले त्यस दिनको दृश्य सम्झदै भनिन्,‘मानेनन् उल्टै हामीलाई धम्की दिए।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्