Skip to content
LAXMI SUNRISE BANK

यसकारण पो नचलाएको रहेछ टीकापुरमा प्रहरीले गोली

अर्थ सरोकार

काठमाडौं, भदौ १२ । नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, दुई जना प्रहरी निरीक्षकसहित ८ जना सुरक्षाकर्मी मारिने गरी गत सोमबार टीकापुरमा मच्चिएको हिंसात्मक घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले किन गोली चलाएनन् भन्ने प्रश्न सबैको मनमा उब्जने गरेको छ। प्रहरीले गोली नचलाउनुको रहस्य अर्कै रहेछ ।
प्रहरी मुख्यालयको कार्य महाशाखाले भदौ २ मा देशभरका प्रहरी कार्यालयमा सूचना जारी गरेको थियो। महाशाखाले पठाएको सञ्चारको सिरियल नम्बर ३५७८ मा ‘प्रहरी जवानलाई लाठी अश्रुग्यासबाहेक हतियार बोक्न नदिनू, जुनियर प्रहरी अधिकृतले मात्र हतियार बोक्नू, तर चलाउनै परे त्यसमा औचित्य पुष्टी हुनेगरी मात्र चलाउनू’ भन्ने उल्लेख थियो। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK