
टिकापुर संहारमा सम्लग्न भन्दै मंगलबार पक्राउ परेका ७ जनालाई ज्यान मुद्दा चलाउने भएको छ। पक्राउ परेका १० मध्ये ३ जनालाई प्रहरीले बिहीबार रिहा गरेको छ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मीको ज्यान लिएको घटनामा आफ्नो संलग्नता स्वीकार गरेपछि उनीहरू विरुद्ध ज्यानमुद्दा चलाउने तयारी भएको बताएका छन्। ज्यान मुद्दा चलाउन गहिरो अध्ययन र अनुसन्धान भइरहेको छ।
त्यसरी ज्यान मुद्दा चलाउन प्रक्रिया सुरु गरिएकाहरूमा कैलाली मनुवा– १ कन्चनपुरका वर्ष २८ का रामकुमार कठरिया(चौधरी) यसै ठेगानाका क्रमशः वर्ष २५ का राजकुमार कठरिया(चौधरी), वर्ष २२ का दिलबहादुर चौधरी र २३ वर्षका सुन्दरलाल कठरिया छन्।
जिल्ला प्रहरी कार्यालय कैलाली स्रोतका अनुसार उनीहरुलाई टिकापुर प्रहरीले सोमबार घटनाको राति र मंगलबार बिहान पक्राउ गरेको थियो।
त्यसरी नै ज्यान मुद्दा चलाउन तयारी गरिएकाहरूमा भजने त्रिशक्ति नगरपालिका ४ का वर्ष ४० का प्रेमबहादुर चौधरी, मनुवा गाविस ४ का २२ वर्षका हरिनारायण चौधरी र जोशीपुर ४ का झवहीका ४४ वर्षका रामप्रसाद चौधरी छन् । यिनीहरुलाई मंगलबार बिहान सोही स्थानबाट पक्राउ गरिएको थियो।
ज्यान मुद्दा लगाउन तयारी गरिएका ७ जनालाई धनगढीस्थित जिल्ला अदालत लगेर बुधबार १० दिनको म्याद थप गरिएको छ। अभियोग स्वीकार गरिसकेकाले अब चाडैनै उनीहरू विरुद्ध ज्यानमुद्दा लाग्ने प्रहरीले जनाएको छ।
टिकापुरस्थित इलाका प्रहरी कार्यालयले व्यापक मात्रामा प्रहरी परिचालन गरेर सोमबारको घटनामा संलग्न व्यक्तिको खोजी जारी राखेको छ। त्यसका लागि जिल्लाभर व्यापक प्रहरी र गुप्तचर परिचालन गरिएको बताइएको छ।
टिकापुर प्रहरीले मंगलबार बिहानसम्ममा पक्राउ परेका १० जनालाई प्रहरीले मृतक प्रहरीको लाससँगै राखेर धनगढी पठाएको थियो। पक्राउ परेका १० मध्ये ३ जनालाई प्रहरीले सामान्य सोधपुछ गरेर रिहा गरिसकेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्