×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महिलाको टाउकोमा सिंग पलाएपछि …

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महिलाको टाउकोमा सिंग पलाएपछि …

Artha Sarokar

१२ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चीनमा एक ८७ वर्षीया वृद्धाको टाउकोमा एउटा अनौठो सिंग पलाएको छ । सिचुआन प्रान्तमा बस्ने लियांग जिउजेनलाई ८ वर्ष पहिला टाउकोमा एउटा कालो मासु पलाएको थियो ।
उनले उक्त समस्याको समाधानको लागि हर्बल उपचार गराईन् । तर समस्या घटेन उल्टो बढ्यो र २ वर्षपछि उक्त मासु बढेर सानो सानो सिंग नै बन्यो ।
महिला भन्छिन्, ‘यो कहिले कहिले असाध्यै धेरै दुख्छ र यसैको कारण राति ओछ्यानमा पटक पटक बिउँझनुपर्छ ।’ अन्ततः डाक्टरहरुले उक्त समस्यालाई पहिचान गरेका छन् । यो एउटा दुर्लभ अवस्था हो, जसमा छला ठिक त्यसरी एकीकृत भएर बढ्न थाल्छ, जसरी प्रोटिनले कपाल र नङ बढाउँछ ।
समस्याग्रस्त वृद्धाको छोरोका अनुसार उनी उपचारको लागि धेरै अस्पताल धाए, तर डाक्टरहरुले समस्या नै पहिचान गर्न सकेनन् । उनको आमालाई अस्पताल जान मन पर्दैन । उनलाई अस्पताल गयो भने फर्केर आउन गाह्रो छ भन्ने लाग्दछ । एजेन्सी
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी