×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसाईसँग पैसा लिएर माओवादी मठमन्दिरमा पिशाब फेर्थे

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

इसाईसँग पैसा लिएर माओवादी मठमन्दिरमा पिशाब फेर्थे

१८ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

डा. शास्त्रदत्त पन्त राम्रा लेखक हुन् । उनको पछिल्लो पुस्तक ‘नेपालमा इसाईको चलखेल’ यतिखेर निकै चर्चामा छ । पुस्तकमा नेपालमा प्रजातन्त्र आएपछि बढेको इसाईको जगजगीले कतिसम्म विकृति ल्यायो र राजनीतिक दल त्यसमा पनि तत्कालीन नेकपा माओवादी र इसाईको सााठगाँठ कस्तो छ भन्नेबारे पन्तले पुस्तकमा लेखेका छन् । उनको पुस्तक अहिले बजारमा निकै माग बढिरहेको छ । इसाईको जगजगी यतिखेर बढिरहेको छ भने एकीकृत नेकपा माओवादीले अहिलेसम्म इसाईका नाम जोडेर आएका प्रतिक्रियामा जवाफ दिन सकिरहेको छैन । पढ्नुहोस् इसाईको चलखेलका कारण नेपालको धर्मसंस्कृतिमा माओवादीले कसरी प्रहार ग¥यो, ऊ अहिले कहाँ पुग्यो र इसाई कसरी सफल हुँदैछन् भन्ने पन्तका पुस्तकका केही अंशः

इसाईकै खर्चमा मन्दिरमा पिशाब फेरियो
२०५२ सालपछिका पाँच वर्षमा कम्युनिस्टको तथाकथित एकदलीय शासन गर्ने युद्धमा पराजित मानसिकतामा पुगेका तिनलाई इसाईहरुले खर्च दिएर देशलाई अशान्त र अस्थिर बनाइदिए । त्यसपछि उनीहरुले साम्यवादको कुरा छाडेर मठमन्दिरमा दिसापिसाब गर्ने, गाई काटेर मासु खाने, टुपी काट्ने, क्रियापुत्रीलाई अपहरण गरेर हत्या गर्ने, वैदिक सनातनसँग सम्बन्धित पोथीपात्र जलाउने, संस्कृत विश्वविद्यालयको देशको एकमात्र बृहत् पुस्तकालय जलाउने, संस्कृत भाषाको श्रीवृद्धि हुन नदिने जस्ता काममा लागे । साम्यवाद त्यागेर इसाईवाद, खाओवाद, लुटवाद कायम गराए । वैदिक सुंस्कारसँग सम्बन्धित सबै कुरा, जो इसाईले तोकेका थिए, एकाएक काम गर्दै गए । राजसंस्था, गुरुपुरोहित, मठमन्दिर, ब्राह्मण र वैदिक धर्मका पूर्वाधार मास्न थाले । राष्टिय झण्डा फेर्न लगाए । धेरै नाम परिवर्तन गर्न लगाए । पशुपतिनाथमा धावा बोले ।

नेटवर्किङ व्यापार पनि इसाईकै प्रचार
वि.सं. २०४६ सालपछिको बहुदलीय सरकारले प्रलोभनवश (कानुन र संस्कार विरुद्ध) इसाई धर्म प्रचार गर्न पूरै छुट दिए । त्यसपछि इसाईमत प्रचारको बाढी नै आयो । नेटवर्किङ व्यापार र इसाई प्रचारको टोली गाउँगाउँमा छिर्यो । दुवैको नियत ठगी र बेइमानी थियो । चर्चको अपरेसन वल्र्ड पोलिसी पुरै लागु भयो । वि.सं. २०५२ (१९९५) सम्मका पाँच वर्षमा १०३० वटा चर्च नेपालमा स्थापना गरिए । भव्य महल बने । ती चर्चमा ५२,०१५ पूर्णकालीन र १,०८,४०० सम्बद्ध सदस्य बनेका थिए । यतिखेर नेपालमा ५८२ मिसनरी संस्था कार्यरत छन् । ती मध्ये १५५ नेपाली मुलका छन् ।

राजदूतहरुको सक्रियता
इसाई मुलुकका राजदूतहरु, खास गरेर नर्वे, फिनल्यान्ड, बेलायत, जर्मन, फ्रान्स, डेनमार्क, अस्टे«लिया, स्विट्जरल्यान्ड र राष्ट्रसंघीय एजेन्सीहरु यसमा सक्रियरुपले लागिपरे । अनमिनको आगमन हुदा केवल ४ हजार भन्दा कम सङ्ख्या भएकोे लडाकु (प्रचण्ड बोलेको टेपमा उल्लेख छ) थिए ।

अनमिनको व्यवहार र रअको चलखेल
अनमिनको पूरै काल निष्पक्ष थिँदै थिएन । विशेष गरेर त्यसले माओवादीको पक्षमा जे पनि गरिदियो । मिसनहरुले एकतर्फीरुपमा नेपाली सेनाको विरुद्ध मानवअधिकारका मुद्दालाई उठाइरहे । माओवादीका असङ्ख्य ज्यादतीलाई लुकाइदिए । शाही सेनामा जागिर खाने परिवारजनका बाबुआमा, अरु नातागोतालाई गनेसम्म ज्यादती गरे, टर्चर गरे, कतिलाई मारे । कतिका घरमा बम पड्काइदिए, गाई, भैँसी, खसीबोका लुटेर खाइदिए । खेतबारी हडप गरिदिए । सेनाका जवानले बुझ्ने तलब महिनैपिच्छ असुलेर लगे, जवानले र राजिनामा नदिएसम्म त्यसै गरिरहे । यो ज्यादती ‘रअ’को भन्दा बढी युरोपियन अमेरिकाको बलमा भएको थियो ।

सरकारी सञ्चारमाध्यम पनि इसाईको व्यापारमा
धनको तुजुकमा इसाईले नेपालका सबै टेलिभिजन च्यानल किनेका छन् । तिनमा तिनले बारम्बार इसाई भएपछि कुनै पनि रोग लाग्दैन भनेर प्रचार गर्दछन् । धनवर्षा नामक व्यापारी विज्ञापन (श्री लक्ष्मीको मूर्ति र पाउ बेच्ने) कार्यक्रमलाई फ्रड भनेर नेपाल सरकारले रोक लगाएको छ भने इसाईको यस्तो प्रचारलाई फ्रड भन्न सकेको छैन । निरन्तर चलिआएको रेडियो नेपाल र नेपाल टेलिभिजनको (सरकारी संस्था) धार्मिक कार्यक्रम बन्द गरेर सो समय इसाईलाई बेचेको छ । यो सबै नेताहरुले नुनको सोझो गरेको प्रष्टै छ ।

कैदीलाई छुटाएर इसाईको प्रचार
प्रियसन फेलोसिप भन्ने इसाई संस्थाले नेपालमा रहेका भुटानी संस्थालाई करोडौँ खर्च गरेर २० हजार हिन्दुलाई इसाईमा परिवर्तन गराएको तथ्य युएमएनको प्रतिवेदनमा उल्लेख छ ।

२० लाख थारुलाई इसाई बनाउने अभियान
रिट मिनिस्ट्री नेपाल नामक मिसनरी संस्थाले १५ लाख थारुलाई इसाईमा परिवर्तन गर्ने योजना थालेको छ । आँखा स्वास्थ्यमा सेवा दिने नाममा ब्ल्यानडेड मिसन संस्थाले दाङदेखि थारु क्षेत्रलाई लक्षित गरी पूर्वाधार निर्माण गरी सकेको ठाउँमा यो अभियान थालिएको छ । थारु भाषामा अनूदित बाइबल निशुल्क बाँड्ने, फिल्म र डकुमेन्ट्री गाँउगाँउमा देखाउने गरेको छ । डायसपोरा नेपालले रेडियो र टेलिभिजनको कार्यक्रमबाट खुलारुपमा प्रचार गरेको छ । सम्बद्ध सबैलाई धनले किनेको छ । प्रियसन फेलोसिप नामक संस्थाले घुस खुवाएर जेलबाट कैदी छुटाउने र तिनलाई इसाई प्रचारमा लगाउने काम गर्दछ । इसाईले राजनीतिक दलले झैँ अपराधीको संरक्षण गरेको छ ।

उपचारका नाममा इसाईको प्रचार
मेडिकल क्रिस्चियनसिप फेलोसिपले देशका विभिन्न भागमा उपचारका नाममा अस्पताल र स्वास्थ्य शिविरद्वारा इसाईकरण गर्ने र धार्मिक सद्भाव बिथोल्ने काम गरिरहेका छन् । विश्वभाषा क्याम्पसमा पढ्ने आउने ३५० भन्दा बढी विदेशी विद्यार्थी इसाई सम्प्रदाय प्रचार गर्नका लागि नै आउने गर्दछन् । स्नातकसम्म पढाई हुने काठमाडौँ उपत्यकामा मात्र ६१ बाइबल कलेज र ३५० भन्दा बढी चिल्डे«न होम खुलेका छन् ।

कम्मरदेखि तल नरक भन्दै यौनशोषण
६ देखि २२ वर्षसम्मका केटाकेटी राखिने यस्ता होममा ‘कम्मरदेखि तल नरक हो’ भनेर यौन शोषणसमेत हुने गर्दछ । केटाको अप्राकृतिक गुदा मैथुन हुने गर्छ । धनकै बलमा त्यस्ता निच कार्य सार्वजनिक हुँदैनन् । वाइसिएम र वाइडबलुसिए खोलिएका छन् । तिनीहरुले सेक्स आकर्षणबाट इसाइकरण बढाउने माध्यमका रुपमा काम गर्दछन् । इशुले विवाह जुराइदिएको भनी इसाइमा परिवर्तनसँगै विवाह पनि गरिदिन्छन् । नेपालमा आज जेजति सेक्स विकार (गे, होमो, बलात्कार, सेक्स प्रदर्शन, नांगो नारी अ्रंग, कुमारी आमा, गर्भपतन, अनमेल विवाह) भएका छन्, तिनमा इसाईको प्रमुख हात छ ।

जातीय पहिचानका नारामा इसाई लगानी
नेपालीले आफ्ना असल मूल्य र मान्यता त्यागेर खराबलाई यसरी अनुकरण गरिरहेका छन् । अन्तर्राष्ट्रिय संस्कारको मानिस हुन रक्सी र मादक पदार्थ सेवन गर्ने, इसाई मान्यताको पहिरन गर्ने, ढोगभेटमा हात मिलाउने, भ्यालेन्टाइन डे मान्ने र अंग प्रदर्शन गरेर कामुकता वृद्धि गर्ने काम भएको छ । आफ्ना राम्रा संस्कार र संस्कृतिका कुरामा उदासीनता बढेको छ । जातीय पहिचानका नारामा राष्ट्रिय पहिचान गुमाउने काम इसाईको लगानीमा भइरहेको छ ।

(डा. शास्त्रदत्त पन्तको नेपालमा इसाईहरुको चलखेल पुस्तकको ‘नेपालमा इसाईको प्रचार अभियान’ लेखका केही अंश हामीले प्रस्तुत गरेका हौँ । यसको अर्थ क्रिश्चियन मिसनको ठाडो विरोध र एकीकृत नेकपा माओवादीमाथि पूर्वाग्रह होइन, तर यो विषय अब बहसको एजेन्डा बन्नुपर्छ, ढिलोचाँडो नागरिकले जवाफ माग्नेछन् भन्नेमात्र हो, सम्पादक)- नेप्लिज डट ओ आर जी

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: