
‘तपाईहरुको धेरै कुरा सुन्नै पर्दैन, बाग्लुड प्रदेश नम्बर ४ मै पर्छ, मैले भन्दिँहाले अहिले जानुस्’, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा यतिमात्र के बोल्न पाएका थिए, पश्चिम बाग्लुडको एक समुह आक्रोसित बन्यो । ‘होइन होइन पौडेलज्यू हामी त शिर्ष नेतृत्व र तपाईहरुले गरेको निर्णय ठिक छ, बाग्लुड छुट्याउनु पर्छ, हामी छुट्टिन चाहन्छौ भनेर पो भन्न आएको ?’
त्यसपछि बल्ल पौडेलले कुरा बुझे र अप्ठेरोमा परे । सुरुमा सिडगो बाग्लुडको माग लिएर आएको समुह हो भन्ने ठानेर पौडेलले बाग्लुड टुक्रिदैन भनिहाले पछि टुक्राउन माग गर्दै आएको समुह हो भन्ने थाहा पाएपछि अप्ठेरोमा परे । कुरा बुझेपछि उनले भने ‘ए कुरा यसो पो हो, तपाईहरुको माग सम्बोधन हुन्छ जानुस् ।’ पौडेलका नजिकै रहेका एमाओवादी नेता नारायणकाजी धाको फुकाएर हाँसिरहेका थिए । बाग्लुडको टोलीसँग पौडेलको भेट पनि नारायणकाजीले नै जुराएका थिए ।
शुक्रबार अपरान्न बाग्लुडको एक टोली प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न बालुवाटार पुगेको थियो । टोलीले प्रधानमन्त्री सुशील कोइरालालाई २०४६ सालको राजनीतिक परिवर्तनदेखि लगातार आफुहरुले पूर्व बाग्लुडबाट पश्चिम बाग्लुड छुट्टिन माग राखेपनि सुनवाई नभएको गुनासो गरे । ‘संघियतामा हामीले यो अवसर पाउँछौ भन्ने लागेको थियो प्रधानमन्त्रीज्यू तर केही ब्यक्तिले सिडगो बाग्लुड भनेर फेरी हामीलाई समस्यामा पार्दैछन् ।’ त्यतिकैमा प्रधानमन्त्री बोले, ‘कुरो त्यसो मात्र हैन क्या, अर्काे पक्ष पनि छ ? हामी कसको कुरा सुनौ ।’
प्रधानमन्त्रीको कुरा सुनेपछि पश्चिम बाग्लुडको समुहले भन्यो, ‘प्रधानमन्त्रीज्यू बाग्लुड सिडगो रहने वा टुक्रिने निर्णय कास्की, म्याग्दी, मुस्ताडले गर्ने होइन, यहाँ त हाम्रो जिल्लाको निर्णय बाहिरका जिल्लाका नेताहरुले गर्न थाले के हामी दास हो ?’
त्यसपछि प्रधानमन्त्री, नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा, एमाले नेता माधव नेपाल, एमाओवादी नेता डा.बाबुराम भट्राईले उनीहरुका माग सम्बोधन गर्ने आश्वासन दिए तर शनिवार साँझ दर्ता गरिएको संशोधनमा उनीहरुको माग संवोधन भएन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्