×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशगजाबाट स्थानीयबासीले लेखेटेपछि हृदेश त्रिपाठीले भारत पसेर के भने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दशगजाबाट स्थानीयबासीले लेखेटेपछि हृदेश त्रिपाठीले भारत पसेर के भने ?

Artha Sarokar

१३ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दिनभरी दशगजामा उभिएर नेपाललाई सत्तेसराप लगाउने अनि सांझ पुनः खान बस्न नेपालमै आउने संयुक्त मधेसी मोर्चाका नेता कार्यकर्ताले मंगलबार भारतीय भूमीबाट नेपालतर्फ ढुंगामुढा गरेका छन् ।

मंगलबार विहान करिब ११ बजे भारतीय बजार सुनौली नाकाबाट नेपालतर्फ एक्कासी ढुंगामुढा गरेका संयुक्त मधेसी मोर्चाका कार्यकर्ताको कारण दिनभर बेलहियामा तनाब भयो ।

बेलहिया नाकाको कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका तमलोपा सहअध्यक्ष हृदेश त्रिपाठी भैरहवा आईपुगेसंगै मोर्चाका कार्यकर्ताले दसगजामा अराजकता प्रदर्शन गर्दै आएको बेलहिया प्रहरीले जनाएको छ ।

संयुक्त मधेसी मोर्चाको केन्द्रिय संयुक्त बैठकले मुलुकको दोस्रो ठूलो भन्सार नाका भैरहवा बेलहिया नाकामा नाकाबन्दी गर्ने तथा आन्दोलनको कमाण्ड सम्हाल्ने जिम्मेवारी तमलोपा पार्टिलाई दिएको थियो । पार्टिका केन्द्रिय अध्यक्ष महन्थ ठाकुर नआएपछि उनकै निर्देशनमा पार्टिका सहअध्यक्ष हृदेश त्रिपाठी र महामन्त्री सवेन्द्रनाथ शुक्ला दशगजा केन्द्रित आन्दोलनलाई उद्घाटन गर्न ६ दिन पहिले भैरहवा आएका थिए ।

स्थानीयबासिन्दाको प्रतिकार पछि सोमबारदेखी भैरहवा नाका खुलेपछि पुनः सो नाका बन्द गराउने ध्ययेले नेता त्रिपाठी काठमाण्डौंबाट भैरहवा आएका हुन् । त्रिपाठी स्थानीय होटल पवनमा बसेका थिए । उनी विहानै पवनबाट ३ वटा मोटरसाइकलमा भारततर्फ हानिएका थिए । मुख्य नाका बेलहियाबाट नगई स्थानीय नाका फरेना बजार हुदैं नौतनवा सुनौली पुगेका त्रिपाठीको निर्देशनपछि भारतमै बसेका मोर्चाका कार्यकर्ता झन उग्र भएका थिए ।

नेता त्रिपाठीले सुनौलीको होटल निरन्जनामा मोर्चाका सीनियर लिडर र सुनौलीकै रामजानकी मन्दिरमा अन्य कार्यकर्तालाई नाकाबन्दीलाई भारतमै बसेर कडा बनाउन निर्देशन दिएको मोर्चाका एक नेताले बताए । भारतीय भूमीबाट नेपालतर्फ फर्केर चर्का नाराबाजी गरेका मोर्चाको जुलुसमा त्रिपाठी पनि सहभागी रहेका थिए । मोर्चाका नेता कार्यकर्ताले भारतीय भूमीबाट नेपालतर्फ ढूंगा मुढा गर्दै नेपाल विरुद्ध नाराबाजी गरेपछि स्थानीय बेलहियाका जनताहरु घरघरबाट निस्केर भारत र मोर्चा विरुद्ध नाराबाजी र प्रदर्शन गरेका थिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी