
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिनुभएको छ ।
राष्ट्रसङ्घको ७०औँ महासभा भाग लिन आउनुभएका राष्ट्र एवम् सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामाले सोमबार आयोजना गर्नुभएको रात्रिभोजका अवसरमा नेपाली प्रतिनिधि मण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई नेपालमा लोकतान्त्रिक समावेशी संविधान जारी भएकोमा बधाई तथा शुभकामना दिनुभएको हो ।
उहाले नेपाल बिरुद्ध भारतले गरेको नाकाबन्द िबिरुद्ध पनि बोल्नुभएको थियो । अमेरीकी राष्ट्रपति ओबामाले नेपाललाई नाकाबन्दी गर्दा भारतलार्यनै नोक्सान हुने बताउदै तत्काल नाकाबन्दी फिर्ता गर्न भारतपक्षलाई अनुरोध गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले राजनीतिक दलहरुको सहमतिमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएको र दलहरुको सहमतिमा यसको कार्यान्वयन गरिने बताउनुभएको थियो ।
यसैगरी राष्ट्रपति ओबामाले राष्ट्रसङ्घका महासचिव वानकी मुनले आयोजना गर्नुभएको विश्वका नेताहरु सम्मिलित शान्ति सम्मेलनका अवसरमा पनि उपप्रधानमन्त्री सिंहलाई नेपालमा संविधानसभाबाट संविधान जारी भएकोमा राम्रो काम भएको भन्दै खुसी प्रकट गर्नुभएको थियो । रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्