Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मीस्थान, पुल्चोक र रविभवनमा बम फेला (अपडेट)

अर्थ सरोकार

आइतबार सबेरै ललितपुरको महालक्ष्मीस्थान चोक, पुल्चोक र रबिभवनमा बम फेला परेको छ  । महालक्ष्मीस्थान चोकमा बम फेला परेको खबर फैलिएपछि बिहानैदेखि आसपासको क्षेत्रमा आवतजावतमा रोक लगाइएको थियो ।

महालक्ष्मीस्थानको बम करिब एकघण्टापछि सवा ६ बजेतिर सेनाले डिस्पोज गरेको हो । डिस्पोजल गर्ने क्रममा ठूलो आवाज आएको थियो । बमसंगै  नेकपा माओवादीको पर्चा समेत फेला परेको छ । यता पुल्चोक र काठमाडौँको रबिभवनमा पनि बम भेटिएको छ । दुवै बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गरको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK