
नेपालको संविधान बनेदेखि रिसाइरहेको भारतले नाकाबन्दी गर्ने धम्की दिइरहेका बेला एक प्रमुख भारतीय पत्रिकाले सनसनीपूर्ण खुलासा गरेको छ ।
भारतकै चर्चित पत्रिका अमर उजालाले नेपालको मधेस आन्दोलनबारे विवादास्पद समाचार प्रकाशित गर्दै आन्दोलनको औचित्य प्रष्ट पारेको हो । भारतीय पत्रिकामा प्रकाशित समाचारलाई संक्षेपमा बुझ्दा मधेस आन्दोलनका नेतृत्वकर्ताहरुले मधेसलाई अलग राष्ट्र बनाउन भारतबाट सहयोग मागेका छन् । भारतीय नेतासँग पछि मधेसलाई भारतमा ‘गाभ्ने’ बाचा गरेर मधेस आन्दोलनमा भारतको सहयोग मागेका हुन् ।
मधेसी नेताहरुले मागेको सहयोगका आधारमा अहिले भारतले नेपाललाई धम्कीपूर्ण भाषा प्रयोग गरेर चेतावनी दिन थालेको छ । संविधान जारी भएपछि २४ घण्टामा दुई दुई वटा विज्ञप्ती जारी गर्दै भारतले चेतावनीदेखि नाकाबन्दीको धम्की सम्म दिएको छ । यसले के प्रष्ट पार्छ भने मधेसी नेताकै बाचा अनुसार भारतले नेपालमाथि दबाब सिर्जना गरेको हो ।
यस्तो भारतीय पत्रिकामा प्रकाशित भएको समाचार :
नेपालमा मधेसी राष्ट्र निर्माणको माग जोरदार उठिरहेको छ । एक संगठनले यसका लागि रणनीति पनि बनाई सकेको छ ।
नेपालका २२ जिल्लामा आन्दोलन चलिरहेको छ । आम नागरिकलाई यो आन्दोलनसँग जोड्न मधेसी राष्ट्रगान र राष्ट्रध्वज प्रस्तावित स्वरुप पनि संगठनले तयार पारेको छ ।
यति मात्रै होइन, मधेसलाई देशबाटै अलग राष्ट्र बनाउन नक्सा पनि जारी गरिएको छ । प्रथम चरणमा आन्दोलनकारीहरु गोष्ठी सभा र शान्तिपूर्ण धर्ना प्रदर्शनबाट आन्दोलनलाई तेज बनाइरहेका छन् ।
आन्दोलन अमेरिकाबाट फर्किएका एक वैज्ञानिकको नेतृत्वमा सञ्चालन गरिएको छ । नेपालमा माओवादी जनयुद्ध सकिएपछि नेपाल सरकार सामु अब मधेस राष्ट्र निर्माणको आवाज बुलन्द हुन थालेको छ ।
‘मधेस राष्ट्र निर्माण’का लागि स्वतन्त्र मधेस गठबन्धन नामक संगठन सक्रिय भएर लागेको छ । नेपालका लगभग सवा करोड मधेसी जनतालाई एकजुट गर्ने दिशामा संगठनले काम गरिरहेको छ ।
मधेसीहरु भन्छन् कि पूर्व मेचीदेखि पश्चिम राप्ती नदीसम्मको भूभाग मधेसीको नाममा थियो । संगठनका केन्द्रीय प्रवक्ता अब्दुल खान भन्छन् – ‘सन १८१६ मा मधेसलाई इण्ड इण्डिया कम्पनीले नेपालका राजालाई दुई लाख रुपैयाँमा बेचेका थिए ।’
यो सम्झौता अंग्रेजी अधिकारी रेजिडेन्ट एडवर्ड गार्डनर र जी वेल्सेईको रहोवरमा भएको केन्द्रीय प्रवक्ता खानले बताए । त्यसपछि इस्ट इण्डिया कम्पनीले राप्तीदेखि महाकाली नदीसम्मको भूभाग सहयोग स्वरुप नेपाललाई दिएको थियो ।
अब्दुल खान भन्छन् – ‘मधेसी उत्पीडन र रंगभेदीविरुद्ध नेपालवासी चन्द्रकान्त(सीके) राउतको अगुवाईमा आन्दोलन चलिरहेको छ ।’ डा. राउत अमेरिकाका वैज्ञानिक थिए र उनी मधेस आन्दोलनको नेतृत्व गर्न नेपाल फर्किए ।
मधेसी नेताहरुले महात्मा गान्धिलाई राष्ट्रपिता मानेका छन् । सबै काम गान्धिकै लाईनमा गरिरहेका छन् ।
भारतबाट सहयोगको हकदार
मधेस आन्दोलनकारीले भारतसँग वाचा गरेका छन् । उनी भन्छन् – ‘भारतकै सिफारिसमा नेपाललाई संयुक्त राष्ट्रमा सहभागी गराइएको हो । यस्तो भारतले मधेस आन्दोलनलाई सहयोग गर्नु स्वभाविकै हो । र अब नेपाल सरकारलाई भारतले तिव्र दबाब दिनुपर्छ । यसका लागि भारतले नेपालमा राजनीतिक दललाई चेतावनी दिएरै पत्र लेख्नुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्