
सञ्चार माध्यमबाट घटना भएको थाहा पाएका मृतक विकको परिवारलाई घटनाको खबर गर्न सशस्त्र प्रहरीको टोली शुक्रबार बेलुका ७ बजे मात्रै उनको घर पुगेको थियो। बृद्ध आमा महिमी विक भक्कानिदै रोइरहेकी छन भने श्रीमति अर्धचेत अवस्था छिन्।
‘मेरो छोरालाई के भयो, किन मारे ?, १६ वर्ष पुलिसमा काम गर्दा केही भएन’, वृद्ध आमा भन्दै थिइन्, ‘अहिले के भएको हो?’ श्रीमति शोभा श्रीमानको अकस्मात मृत्यु खबर सुनेर बेहोस भएकी छन् । नाबालक ३ वर्षीय छोरा सुवोधसहित आफन्तमा कोलाहल मच्चिएको छ। (विदामा बसेका असईलाई मोर्चा कार्यकर्ताले लखेटीलखेटी हत्या गरे )
थमनको मृत्युको खबर आउँदा ३३ वर्षीया शोभा उपभोग्य समान किन्न बजारमा थिइन्। माइतीले टेलिभीजनमा समाचार हेरेर खबर गरेलगत्तै शोभा बजारमा नै बेहोस भएर लडेकी थिइन।
साँझ पुगेका सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र जिसीले घर पत्ता लगाउनै मुस्किल परेको बताए।अहिलेसम्म मृतक विकको शव कहाँ आइपुग्यो भन्ने जानकारी नभएको बताउँदै प्रहरी निरीक्षक जिसीले खबर आएपछि सुचना दिने जानकारी परिवारलाई गराएर फर्किएका छन ।
‘केही पर्यो भन्ने खबर गर्नु होला’ उनले भने, ‘उताबाट खबर आएपछि म खबर गर्छु।’शुक्रबार बिहान आन्दोलनकारीको आक्रमणबाट घाइते भएका सशस्त्र प्रहरी बिकलाई एम्बुलेन्सबाट निकालेर आन्दोलनकारीले लखेटेर हत्या गरेको सशस्त्र प्रहरीले जनाएको छ।
नेपालगन्ज-२५ शान्तिनगर टोलमा २ वर्ष पहिलेमात्र घर बनाएका बिकको घरमा बुढी आमा, श्रीमती र १ नाबालक छोरा बस्दै आएका थिए। विकको सानो घर खेतको वीचमा छ। बाँके कचनापुर– ५ मुदुवा स्थायी घर भएका थमन ४ भाइमध्ये साइँला हुन्।
थमनको स्थायी घर भएको कचनापुरको मदुवामा नै दाहसंस्कार गर्ने तयारी भइरहेको उनका साथी एव राप्रपा नेपालका बाँके अध्यक्ष ऋषि देवकोटाले जानकारी दिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्