×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्ता फर्काउने ज्ञानेन्द्रका ३ जुक्ति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सत्ता फर्काउने ज्ञानेन्द्रका ३ जुक्ति

Artha Sarokar

२४ भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

नेपालबाट राजतन्त्र समाप्त भएको दशक पुग्ने तरखर छ । तर गणतन्त्रका दशक नपुग्दै पुनः राजतन्त्रका चर्चा बढ्दै गएका छन् । गणतन्त्र फाल्नका लागि प्रमुख भूमिका खेलका एमाओवादीका नेता डाक्टर बाबुराम भट्टराईले १७ सालका भूतहरुले तर्साउन खोजेको भन्दै संविधानसभामा भाषण गरेको १ महिना पनि नवित्दै एमाओवादीकै अध्यक्ष प्रण्डले राजतन्त्र फर्किने खतरा बढेर गएको बताएका छन् ।

प्रचण्डले मुलुकमा अहिले राजतन्त्रको बहाली, सैनिकीकरण र भारतीय हस्तक्षेपको खतरा रहेको बताएपछि त्यो राष्ट्रिय हेडलाइन बन्यो । पुराना राजावादीहरु अव झन बलियो स्वरमा राजतन्त्र र हिन्दु राज्य फर्काउनु पर्ने वकालत गर्न थालेका छन् । राजतन्त्रलाई फर्काउन पूर्व राजा ज्ञानेन्द्र आफै पनि निक्कै सक्रिय रहेको बताइन्छ । उनी भारत देखि चीन र थाइल्याण्ड सम्मका यात्रा गर्दै देशमा राजतन्त्र पुनर्स्थापित गर्ने दौडधुपमा रहेको चर्चा चलिरहेका छन् ।

माहौल ज्ञानेन्द्रको पक्षमा

हुन त नेपालमा राजतन्त्रको विस्थापन विधी पुर्‍याएर नगरिएको भन्ने तर्कहरु पनि भैरहन्छन् । २४० वर्ष पुरानो संस्थालाई हठात हटाइएको भनेर तर्क गर्नेहरुले संविधानसभाको घोषणामाथि नै प्रश्न उठाउँछन् । तर त्यो भन्दा बढी प्रश्न नेपालमा पछिल्लो समय विकाश हुँदै गएको राजनीतिक माहौलले उठाएको छ । आफूलाई विस्थापित गर्ने माओवादी जनयुद्ध र ६२-३६ को आन्दोलनबाट स्थापित सबै मान्यता असफल होस भन्ने चाहेका पूर्व राजा ज्ञानेद्र र उनका राजावादी समर्थकहरुलाई पछिल्लो अवस्था खुसी तुल्याउने खालको छ ।

पछिल्लो माहौल देखेर आफू पुनर्बहाली हुने कुरामा पूर्वराजा ज्ञानेन्द्र शाह ढुक्क देखिँदै गएको बताइन्छ । राजासहितको लोकतन्त्रका पक्षमा छिमेकी मुलुक चीन र भारतबीच कुरा मिलेको बुझाइका कारण पूर्वराजा शाह आफ्नो पुनर्बहालीप्रति ढुक्क रहेको श्रोतहरु बताउँछन् । प्रमुख तीन कारणले ज्ञानेन्द्रको पक्षमा माहौल बनेको विश्लेषण गरिएको छ ।

के हुन् त तीन कारण?

१ देशभरी तनावः धमिलो पानीमा माछा मार्ने मौका

गणतन्त्र संस्थागत नहोस् भन्ने चाहेकाहरुलाई संविधान जारी गर्न चाहेका प्रमुख दल र संविधान जारी गर्न नदिने र गरे पनि लागु नहुने दावी गरिरहेका मधेशी अन्य असन्तुष्ट समुदायको जुहारीले खुसी दिएको छ । नेताहरु असफल हुँदै जानु, नेताहरुप्रति आम वितृष्णा बढ्नु र धेरै छोंटे राजा भन्दा एकल बढेराजा ठिक भन्ने अवस्था सृजना हुनुले पनि संघीयताको सीमाङ्कनको नाममा देशभरी भैरहेको तनावले धमिलो पानीमा माछा मार्न चाहनेहरुलाई मौका दिएको छ ।

gyanendra-discharge-from-hospital

हप्तौं देखि देशमा महत्वपूर्ण नाकाहरुमा रहेको बन्द, देशभरी देखिन थालेको आधारभूत कुराहरुको हाहाकारले राज्यले धेरै दिन यसरी थेग्न सक्दैन भन्ने संकेत देखिन थालेका छन् । कैलाली घटना अप्रत्यासितरुपमा हिंसात्मक बन्नु र त्यसलाई कसैले पनि जिम्मेवारी लिन नसक्ने अवस्था आउनुलाई त्यसमा कुनै अदृष्य शक्तिको गम्भिर घुसपैठ रहेको बुझ्न कठिन छैन ।

Indian  Media Madhesi and Kailali  feature

त्यसैगरी सुर्खेत हुँदै महोत्तरीको जलेश्वर सम्म भएका प्रदर्शन र त्यहाँ मारिएका आन्दोलनकारीले तताएको स्थानीयको रगतले यस्तै शक्तिलाई खेल्ने मौका दिएको छ । देशमा अशान्ति बढ्दै गएर सरकार असफल हुने र संविधान जारी पनि हुन नसकेपछि सत्तामा रहेका दलसहित प्रमुख शक्ति असफल भएको पुष्टी गर्न चाहेकाहरुलाई यो भन्दा गज्जव मौका केही हुन सक्दैन । ज्ञानेन्द्र र उनका सहयोगीहरु पनि देशमा उत्पन्न भैरहेको अराजक अवस्थाबाट खुसी नहुने कुरै भएन । देशमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न नसकेपछिको असफल सरकारलाई विस्थापित गर्न अन्य कुनै निरंकुश तन्त्र आइदिए हुन्थ्यो भन्ने कामना मुख्यगरी निजी क्षेत्रका ब्यवसायीले गर्न थालेका छन् । यो चाहाना आम मानिसमा समेत बढ्न थालेको छ । ज्ञानेन्द्रले खोजेको यस्तै अवस्था हो ।

२ धर्मको राजनीतिः हिन्दु राजा

नेपालमा हिन्दु राष्ट्र हटाइएकोमा नेपालभित्र त आक्रोश छ छ शक्तिशाली छिमेकी भारतलाई पनि यो कुरा मन परेको छैन । हिन्दु राष्ट्रसँग राजतन्त्रको साइनो छ । किन भने हिन्दुहरुले राजालाई विष्णुको अवतार मान्छन् । यही सेन्टिमेन्टसँग खेलेर धर्मको राजनीति उचाल्न सके ढिलो या छिटो हिन्दु राष्ट्रसंगै राजसंस्था पनि फर्किने विश्वासमा पूर्व राजा र राजावादीहरु सक्रिय भएका छन् । अधिकाँश मानिसको आस्थासँग जोडिएको हिन्दुत्वको फाइदा उठाउँदै राजनीतिकरण गरेर यसकै बलमा राजा फर्काउने यो शक्तिको भित्री चाहाना छ ।

Hindu Rast magh julus

संविधान जारी हुने समय नजिकिँदै गर्दा हिन्दु राष्ट्र फिर्ता हुनु पर्ने माग सहितका आन्दोलनहरु दिनहुँ बढिरहेका छन् । जिल्ला जिल्लामा हिन्दु राष्ट्रबादीको विभिन्न गतिविधी र राजधानीमा देखिने झाँकीहरुले यस्तै संकेत गर्छ । यो दृष्टिले पनि राजन्त्रको माहौल सकारात्मक बन्दै गएको बुझाइ उनीहरुको छ । धर्म निरपेक्षताका लागि लडेकाहरु कमजोर बन्दै जाँदा हिन्दु राष्ट्रको नाममा फाइदा उठाउन चाहनेलाई भने सुनौलो मौका बन्न पुगेको छ । विश्व हिन्दु महासंघले केही दिन अघि धर्मनिरपेक्षताभन्दा धार्मिक स्वतन्त्रता बढी खतरनाक भएको भन्दै नयाँ संविधानमा हिन्दु राज्य नै कायम गर्न माग मात्र गरेन संविधानले हिन्दु राज्य सुनिश्चित नगरे धार्मिक युद्ध हुने र नेपालीको अस्तित्व नै संकटमा पर्ने चेतावनी पनि दिएको छ । संविधानसभा देखि सडक सम्म यस्ता शक्तिको प्रभाव रहेका कारण पनि ज्ञानेन्द्रलाई हिन्दु राष्ट्रको माग फाप्ने संकेत देखिएको छ ।

३ भारतमा भाजपा सरकारः हिन्दुबादी मोदी

हालै मात्र एक साप्ताहिक पत्रिकाले पूर्वराजा ज्ञानेन्द्रले थाइल्याण्डमा भारतका तर्फबाट गृहमन्त्री एवं बीजेपीका पूर्वअध्यक्ष राजनाथ सिंहसहितको बैठक गरेको समाचार प्रकाशित गरेको थियो । उक्त बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका उपप्रधानमन्त्रीस्तरका नेताको सहभागिता रहेको दावी गरिएको थियो । राजतन्त्र पुनर्बहालीका लागि चीन र भारतबीच मोटामोटी रूपमा कुरा मिलेपछि मात्रै पूर्वराजा शाहले थाइल्यान्डमा बैठकको आयोजना गरेको बताइन्छ ।

ज्ञानेन्द्रका लागि भारतमा हाल सत्तामा रहेको भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीको अति हिन्दुबाद पनि दाइना बन्न सक्ने कतिपय विश्लेषकको ठम्याइ छ । भारतीय जनता पार्टीका प्रभावशाली नेताहरुले नेपालमा आएर हिन्दु राष्ट्र स्थापना गर्नै पर्ने दवावपूर्ण टिप्पणी पटक पटक गरिसकेका छन् ।

भाजपाका राष्ट्रिय उपाध्यक्ष रेणुदेवी र अन्य प्रभावशाली नेताहरूको टोलीले काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालमा इसाइकरण बढेको भन्दै विरोधसमेत गरे । भाजपाको जग भनेकै अतिहिन्दुबादी स्वयं सेवक संगठनको भएका कारण नेपालमा पनि हिन्दु राष्ट्रका लागि घूसपैठ गराउन सकिने र त्यसकै बलमा हिन्दु राजतन्त्र स्थापित गर्न सकिने सपना समेत राजावादीहरुले देखेका छन् । यतिबेला सुविधाजनक बहुमतका साथ भाजपाको सरकार रहेका कारण राजतन्त्र पुनर्बहालीको सम्भावना बढेको हो । हालै भारतबाट फर्किएका प्रचण्डले राजन्त्र फर्किन सक्ने चेतावनी दिनुले पनि त्यस्तै कुराको संकेत गर्ने विश्लेषकहरु बताउँछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी