अर्जेन्टीना, ब्राजील र पाराग्वे देशलाई एकैसाथ हेर्न विश्वभरबाट पर्यटक पुग्ने गरेका छन्। यी तीन देशलाई दुई नदीले छुटयाएको छ। यही त्री-देशीय सिमानाको यो प्राकृतिक दृश्य हेर्न मानिसहरु आउने गर्छन्। पराना र इगुआजु नामका यी दुई नदी एक साथ यो ठाउँमा मिल्छन्। ब्राजिल र अजेन्टीनालाई जोड्ने अन्तरराष्ट्रिय पुल पनि छ यहाँ।