×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालुवाटारमा अर्को चमत्कार, गच्छदारसँग शीर्ष नेता सहमति गर्दै –

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बालुवाटारमा अर्को चमत्कार, गच्छदारसँग शीर्ष नेता सहमति गर्दै –

Artha Sarokar

१ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संविधान लेखन प्रकृयालाई लगभग टुंगोमा लगेका प्रमुख दलका शीर्ष नेताहरुले आन्दोलनरत मधेसी मोर्चालाई पनि संविधानको स्वामित्व ग्रहण गराउने अन्तिम कसरतमा जुटेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग शीर्ष नेताहरुले सहमति प्रयास गरेका छन् ।
गच्छदारले उठाएका चार बुँदे माग पत्रमा प्रमुख दलका शीर्ष नेताहरु सकारात्मक देखिएका छन् । गच्छदारले उठाएको थारु प्रदेशका विषयमा शीर्ष नेताहरुले विशेषाधिकार प्राप्त क्षेत्र बनाउने कसरत गरेका छन् ।
गच्छदारले थरुहट थारुवान प्रदेशको माग गरे पनि उनको यो माग जस्ताको तस्तै सम्बोधन गर्दा अन्य क्षेत्रमा पनि यस्तै माग उठ्ने भन्दै थरुहट थारुवानलाई विशेषधिकार दिने तयारी भएको हो ।
त्यस्तै गच्छदारले अन्तरिम संविधान अनुसार नै निर्वाचन क्षेत्र कायम गर्नुपर्ने विषयमा उठाएको माग पनि सम्बोधन गरिने तयारी भएको छ । यसरी अन्तिम सम्म गच्छदारको मोर्चा सहमतिमा आउने भएको हो ।
उपेन्द्र यादव नेतृत्वको मोर्चासँग पनि छलफल र संवाद भएपनि यादवको मोर्चासँग एजेण्डा पनि नभएको र वार्तामा आउन पनि नचाहेको प्रमुख नेताहरुको निश्कर्ष रहेको छ ।
यता थरुहट थारुवान संघर्ष समितिसँग पनि प्रमुख दलले लगभग सहमति गर्ने मनासय बनाएको स्रोतले दाबी गरेको छ । संविधानप्रति जनताले स्वागत गरिसकेको अवस्थामा यादव नेतृत्वको मोर्चाको आन्दोलन पनि कमजोर भएको छ ।
तर, गच्छदारले सहमति प्रयास गरिरहँदा उपेन्द्र यादव भने एक्लीएका छन् । बालुवाटारमा भएको वार्तामा केही न केही सहमति बन्ने बताइउको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी