×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुबईमा दुर्घटनामा परी एक नेपालीको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दुबईमा दुर्घटनामा परी एक नेपालीको मृत्यु

Artha Sarokar

२२ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दुबई, रोल्पा घर भई बिगत ८ बर्ष देखी युएईको रस अल खैमहमा कार्यरत अन्दाजी ३२ बर्षीय रुद्र बहादुर बुढा मगरको दुर्घट्नामा परी मृत्‍यु भएको छ । रस अल खैमह पोर्सिलिन भन्ने कम्पनीमा कार्यरत मगरको गत सेप्टेम्बर ३ तारिकको दिन रातको ९ ः ५० बजेको समयमा बाटो काट्दै गर्दा गाडीको ठक्करबाट घटनास्थलमै मृत्‍यु भएको हो ।
रस अल खैमह स्थित अल हाम्रा शपिङ मलमा गएर फर्कदा पुल मुनी बाट बाटो काट्दा दुर्घट्नामा परेको रस अल खैमहमै कार्यरत धन कुमार नेपालीले बताएका छन ।

शपिङ मलमा जाँदा भने उनी साइकल बिसाएर पुल माथि बाटै गएका थिए । निजका १ श्रीमती र ३ छोराहरु छन् । उनीहरु बिगत केही बर्ष यता दाङमा अस्थाई बसोबास गर्दै आईरहेका छन ।
मृतक मगरको लाशलाई नेपाल पठाउनको लागि आवश्यक प्रकृया सुरु गरिसकिएको र एक दुई दिन भित्रै पठाइने कम्पनी श्रोतले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी