×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीलाई जिस्क्याउँदा दुधे बालकदेखि किसान मारिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रहरीलाई जिस्क्याउँदा दुधे बालकदेखि किसान मारिए

Artha Sarokar

३० भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

दुधे बालकसहित निर्दोष किसान घरभित्रै ढले
भैरहवा : संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाका एक कार्यकर्ताले मंगलबार साँझ प्रहरीलाई जिस्क्याउँदा रुपन्देहीको बेथरीमा पाँचजनाले अनाहकमा ज्यान गुमाएका छन् ।

आन्दोलनकारीसँग झडप गरेर आजित भइसकेको प्रहरीको टोलीलाई जिस्क्याउँदै ढुंगा हानेर मोर्चाका कार्यकर्ताहरु स्थानीय हटियमा छिरेपछि प्रहरीले गोली चलाएका थिए ।

मोर्चाका कार्यकर्ताहरुले प्रहरीलाई ढुंगा हानी जिस्क्याएर भाग्दै हाट बजारभित्रको भींडमा छिरेपछि सुरक्षाकर्मी पनि त्यहीँ छिरेर गोली ठोकेको घटनाका प्रत्यक्षदर्शी शम्भु बनियाले बताए ।

संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले गाडी स्कर्टिङमा रहेका सुरक्षाकर्मीलाई ढुंगा हानेर जिस्क्याएपछि प्रहरीले गोली निर्दोषहरुले अनाहकमा ज्यान गुमाएका हुन् ।

हाट बजारभित्र राइफलको गोली लागेका ११ जनामध्ये बालकसहित ५ जनाको मृत्यु भएको छ ।

मंगलबारै चार जनाको ज्यान गएको थियो भने युनिभर्सल शिक्षण अस्पताल भैरहवाको आईसीयुमा उपचार गर्दागर्दै हाटी वनगाई–१ निवासी ५० वर्षीया सौगाती मुराऊको बुधबार ज्यान गएको चिकित्सले बताएका छन् ।

शोकमग्न परिवार
वेथरी हाटबजारभित्रै प्रहरीले चलाएको गोली टाउको र छातीमा लागेर गम्भीर सौगातीको शिक्षण अस्पतालमा उपचार भइरहेको थियो ।

बुधबार ज्यान गुमाएकी उनी विशुद्ध किसान हुन् । आफनो बारीमा फलेको भिन्डी, साग र तरकारी बेच्न वेथरी हाट वजारमा उनले पसल थापेकी थिइन् । पसलमै गोली लागेर ढलेकी उनलाई पति प्रभु मुराउले रगत चुहाउँदै अस्पताल पुर्‍याएका थिए ।

उनी नजिकै रहेका रक्सी व्यापारी विनोद लाकौलको पनि सशस्त्र प्रहरीको गोली लागेर घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शी मृतकका दाजु मनोहर गोपाल लाकौलले बताए ।

‘आंतककारीको शैलीमा प्रहरीले अनाधुन्दा गोली चलायो’, उनले भने, ‘हामीलाई दुव्र्यबहार गरी लात्ती हाने । राती साढे ११ बजे भाइको शव उठाएर लुम्विनी अस्पतालमा पुर्‍याएँ ।’

मोर्चाका कार्यकर्ता पछ्याउँदै गएको प्रहरीको टोलीसँग हटियामै भएको झडपमा गोली लागी ४ वर्षीय बालक चन्दनकुमार पटेल, गोनहा गाविस–६ का ४५ वर्षीय विनोद लाकौल, मर्चवार वढेरिया निवासी १३ वर्षीया रञ्जना सिंह क्षेत्री, गोनाहा–६ वेथरीका ४० वर्षीय राजकुमार बरईको मत्यु भएको जिल्ला प्रहरी कार्यालयले बुधवार पुष्टि गरेको छ ।

गोलीकाण्डपछि हटियामा बेवारिसे माछा
प्रहरीले सडकमा रहेका मोर्चाका कार्यकर्तालाई केही नगरी हाट बजारका किसानमाथि गोली वर्साएको गम्भीर आरोप छ ।

‘आन्दोलनकारी नेता र कार्यकर्ता भागेपछि प्रहरीले निहत्था किसानमाथि रिस पोख्यो’, उनले भने ‘यहाँ धान खाने मुसो चोट पाउने भ्यागुतो भएको छ । सोझा गाउँले अनाहकमै मरे ।’

‘विचरा ४ वर्षको त्यो काखे बच्चाले पनि गोली खायो’, प्रत्यक्षदर्शी अमृत लाकौल भने, ‘घरभित्र लगेर आमाले बचाउन खोज्दा खोज्दै गल्लीभित्रै बच्चाको टाउकोमा गोली लाग्यो ।

मोर्चाका कार्यकर्तालाई छाडेर किसानमाथि गोली
मोर्चाका नेता र कार्यकर्तालाई छोडेर सर्वसाधारण किसानमाथि गोली चलाइएपछि स्थानीय र हाटबजारका व्यापारी र उपभोक्ताको आरोप छ ।

मोर्चाका कार्यकर्ताहरु फरार भागेपछि बजारमा लुकेको आशंकामा सुरक्षाकर्मीले बजारक्षेत्रमा अन्धाधुन्ध गोली हानेका थिए ।

गोली चलेपछि हाटबजारका मानिसमा भागदौड मच्चिएको थियो । बजारमा व्यापारीहरुको माछाा पसल, तरकारी लगायतका पसलको तरकारी छरपस्ट छ । बजार र सडकमा ८ वटा मोटरसाइकल र १४ वटा साइकल वेवारिसे छन् ।

सशस्त्र प्रहरीले आतंककारीको शैलीमा घरघरभित्र पसेर मान्छे मारेको स्थानीयको आरोप छ । सुरक्षाकर्मीको अन्धाधुन्ध गोलीले हरिहर सिंहको घरभित्र चिया पकाइरहेकी १४ वर्षीया रन्जना क्षेत्री र काखे ४ वर्षे बालक सोही घरमा सुरक्षा लिन खोज्दा गोली लागेर मारिए ।

रन्जना मामाघरमा तिज मनाउन आएकी थिइन् । तीज मनाउन नपाई गोली खाएर मारिएकी उनको शव लुम्विनी अञ्चल अस्पताल बुटवलमा रहेको छ ।

यसैगरी प्रहरीले मनोहर लाकौलको घरको बरन्डा र सिँढीमा पसल गरिरहेका दुईजनालाई गोली ठोकेको छ । प्रहरीको गोलीबाट मारिएका राजकुमार वरईमात्रै आन्दोलनकारी हुन् । अन्य ४ जना सबै सर्वसाधारण किसान र बालबालिका हुन् ।

उक्त घटनामा नेपाल प्रहरीतर्फ १७ जना, सशसत्र प्रहरीतर्फ ३ जना घाइते भएको प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले प्रर्दशनकारीले वेथरी प्रहरी चौकीमाथि र स्कर्टिङमा रहेका मालवहाक गाडीमाथि ढुंगा हान्नुकासाथै बोतलमा पेट्रोल जलाएर आक्रमण गर्न थालेपछि बाध्य भएर गोली चलाउनु परेकोको उनको भनाइ छ ।

लुम्बिनी औद्याोगिक कोरीडोरबाट सुरक्षाकर्मीले स्कर्टिङ गरी भैरहवातर्फ ल्याउने क्रममा प्रर्दशनकारीले सशस्त्र प्रहरीको ना१ग ५४१ नम्बरको वानटन ट्रक र मालबाहक लु१ख७०७० नम्बरको ट्रकमाथि ढुंगा हानेका थिए । त्यसपछि शुरु तनावले निर्दोष किसान र बालबालिका मारिएका हुन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी