
एजेन्सी : टर्कीको समुद्री किनारमा एक तीन वर्षीय नाबालकको शव भेटिएपछि त्यसले विश्व जगतलार्इ नै स्तब्ध बनाएको छ ।
सिरियाबाट शरणार्थीकारुपमा युरोप पस्ने क्रममा बाबुआमाको हातबाट खस्न पुगेका ती नाबालकको शव समुद्री किनारमा घोप्टो परेको अवस्थामा भेटिएपछि युरोपमा शरणार्थी संकट भयावह देखिएको छ ।
ती शिशुको शव टर्कीको पर्यटकीय क्षेत्र नजिकैको समुद्री तटमा बालुवामा भेटिएको थियो । सिरियाली शिशु आफ्ना आमाबाबुका साथ डुंगा चढेर युरोप जाँदै गर्दा डुंगा डुबेको थियो । सिरियालीहरू आफ्नो ज्यानको जोखिम मोल्दै युरोपमा शरण लिन जाँदै थिए ।
तीन वर्षका ती नाबालकको नाम अयलान कुर्दी हो । अयलानले रातो रंगको टिसर्ट र नीलो कमिज पहिरेका थिए । सिरियाबाट डुंगा चढेर ग्रिस गइरहेका १२ जना सिरियाली नागरिकको समूहमा अयलानका आमाबाबु पनि थिए ।
समुद्री किनारमा मृत भेटिएका अयलानको तस्बिर विश्वभरका सञ्चारमाध्यममा छापिएको छ । विश्वभर यो तस्बिर सामाजिक सञ्जालमा लाखौंपटक सेयर भएको छ ।
विश्लेषकहरूले मध्यपूर्व र अफ्रिकी महादेशमा चर्कँदो युद्धकाकारण देश छाडेर लाखौं मानिस युरोपतर्फ पलायन भइरहेका बताएका छन् ।
बेलायती अनलाइन ‘डेली मेल’ यो तस्बिर छाप्दै मानवतामाथि आक्रमण भएको उल्लेख गरेको छ । इटालीलीको पत्रिका ‘ला रिपब्लिका’ ले संसारलाई उदास बनाउने तस्बिर उल्लेख गरेको छ ।
बेलायती पत्रिका इन्डिपेन्डेन्टले ‘यस्ता भयावह अवस्था देख्दादेख्दै पनि बेलायत शरणार्थीप्रति बदलिन सक्दैन भने कसरी अवस्था बदलिन्छ’ भनेर लेखेको छ ।
छोरो गुमाएका बाबुको भावबिह्वल बनाउने भिडियो
यो वर्ष मात्र साढे तीन लाखभन्दा बढी मानिसले उत्तर अफ्रिकादेखि युरोपको खतरनाक यात्रा गरिसकेका छन् । कतिपयलाई मानव तस्करले पनि गैरकानुनी रूपमा युरोप छिराउने गरेका छन् । बुधबारमात्रै करिब तीन हजार यस्ता व्यक्तिलाई समुद्री तटबाट उद्धार गरिएको छ ।
अयलानका पिताले भने-छोरो मेरो हातबाट झर्यो
समुद्री तटमार ज्यान गुमाएका बालक अयलानका पिताले छोरो समुद्र तर्ने क्रममा आफ्नो हातबाट फुस्किन पुगेको बताएका छन् । पत्नी र दुर्इ छोरा गुमाएका उनले आफ्ना सबै सपना हेर्दा हेर्दै सकिएका बताए ।
विश्वलार्इ नै स्तब्ध बनाउने गरी छोराको तस्बिर बाहिर आएपछि पिता अब्दुल्लाले तीन वर्षीय छोरो आयलान, चार वर्षीय अर्को छोरो घालेब र पत्नी रिहानालार्इ आफूले गुमाउन पुगेको बताएका छन् ।
छोरालार्इ सम्झेर भक्कानिँदै पिता अब्दुल्लाह
अब्दुल्ला कुर्दीले टर्किस डोगान समाचार एजेन्सीलार्इ बिहीबार आफूहरु चढेको डुंगा डुब्दाको क्षणबारे बताएका थिए ।
‘मैले आफ्नी पत्नीको हात पक्डेको थिएँ, त्यही बेला मेरो छोरो हातबाट खस्न पुग्यो’, उनले भनेका छन्, ‘त्यो बेला अँधेरी रात थियो । हरेकतर्फ गुहार लगाएको मानिसको पुकार र चिच्याहटमात्र सुनिन्थ्यो । हामी सानो डुंगामा अडिरहने कोशिसमा थियौं तर डुंगा भने समुद्रमा डुबिरहेको थियो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्