
काठमाण्डु, २३ भदौ – डीभी पीआरवाला कर्मचारीलाई ठेगान लगाउने गरी विधेयक पारित गराएर वाहीवाही कमाइरहेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आफ्नै मन्त्रालयभित्रबाट असहयोग भइरहेको छ ।
मन्त्रीले तत्कालै गर्नू भनेका काम पनि कर्मचारीले वास्ता नगर्दा हप्तौँसम्म वेवारिसे बन्ने गरेका छन् ।
त्यसको एउटा उदाहरण हो, निजामती सेवा ऐन पाँचौ संशोधनको तयारी ।
मन्त्री पण्डितले आफ्नै कार्यकालमा उक्त संशोधन गर्ने तयारी गरेका छन् । सुगममा बसेर छिटोछिटो बढुवा हुने कर्मचारीलाई समेत तह लगाउने गरी दुर्गममा तीवर्ष अनिवार्य बस्नैपर्ने बुँदा राखेर संशोधन तयार गर्न मन्त्री पण्डितले निर्देशन दिएको महिनौँ बितिसकेको छ ।
कुनै पनि काम स्वार्थ राखेर नगर्ने र कसैले धेरै दबाब दिइरह्यो भने त्यो काम गर्दै नगर्ने स्वभावका मन्त्री पण्डित धेरैतिरबाट ऐन संशोधन छिटो गर्न सुझाव आइरहेका छन् ।
बुधबार साप्ताहिकबाट