×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रहरीलाई जिउँदै जलाउन खाजेपछि बिराटनगर भन्सारमा तनाव, प्रहरीद्वारा हवाई फायर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रहरीलाई जिउँदै जलाउन खाजेपछि बिराटनगर भन्सारमा तनाव, प्रहरीद्वारा हवाई फायर

Artha Sarokar

२३ भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बिराटनगर : मधेसी मोर्चाका कार्यकर्ताले बिराटनगर भन्सार कार्यालय सुरक्षार्थ खटिएका प्रहरीलाई जिउँदै जलाउन खोजेपछि झडप भएको छ ।

सीमार्ती भन्सार कार्यालय नजिकै रहेको प्रहरी बिट जलाउन गएका मधेसी मोर्चा कार्यकर्ताले ड्युटीमा रहेका तीनजना प्रहरीलाई समेत पेट्रोल खन्याएर जिउँदै जलाउन खोजेका थिए ।

आफूहरुमाथि प्रहरीमाथि आक्रमण भएपछि भन्सार कार्यालय सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र जनपथ प्रहरीले हवाई फायर गरेका छन् ।

उग्र प्रदर्शन गरेका मोर्चाका कार्यकर्ताले हानेको ढुंगाले लागेर ३ जना प्रहरी घाइते भएका छन् । झडपका क्रममा सशस्त्रले १० र जनपथ प्रहरीले १ राउन्ड हवाई फायर गरिएको बिराटनगर भन्सार कार्यालय सरक्षार्थ खटिएका इन्स्पेक्टर गंगाप्रसाद पौडेलले जानकारी दिए ।

अराजक शैलीमा प्रस्तुत भएका मधेसी मोर्चाका कार्यकर्ताले भन्सार कार्यालय नजिक रहेका मानब बेचबिखनविरुद्ध सक्रिय माइती नेपाल र केआई नेपालको कार्यालय पनि तोडफोड गरेका छन् ।

ती कार्यालय तोडफोड गरी बोर्ड समेत निकालेर फ्यालिएको हो । झडपछि अहिले बिराटनगर भन्सारक्षेत्र तनावग्रस्त छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी