×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रपतिको दवावमा दंगाग्रस्त क्षेत्रबाट सेना फिर्ताको तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्रपतिको दवावमा दंगाग्रस्त क्षेत्रबाट सेना फिर्ताको तयारी

Artha Sarokar

२७ भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

राष्ट्रपति डा. रामवरण यादवको कडा दवावमा सरकारले दंगाग्रस्त क्षेत्रबाट सेना फिर्ता बोलाउने भएको छ । दंगाग्रस्त क्षेत्रको आन्दोलन हिंसात्मक बन्दै गइरहेका बेला राष्ट्रपति यादवले सेनालाई ब्यारेकमा फर्काउन आग्रह गरेका छन् । राष्ट्रपति यादवले सुरक्षा परिषदको निर्णयबाट मात्र सेना परिचालन गर्न नमिल्ने जिकिर गरेपनि सेना परिचालन गर्ने निर्णयलाई भने सर्वाेच्च अदालतले मान्यता दिइसकेको छ ।


सेना आफ्नो मातहतमा रहनु पर्ने तर आफुलाई थाहा नै नदिइ गृहमन्त्रीको अध्यक्षतामा बसेको सुरक्षा परिषदको बैठकले सेना गरिचालन गर्ने निर्णय गरेको भन्दै राष्ट्रपतिले असन्तुष्टी जनाउँदै आएका छन् । शनिवार राती प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी तराई मधेस क्षेत्रमा परिचालित सेनालाई फिर्ता बोलाउन आग्रह गरेका थिए । विहान नवनियुक्त प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग सल्लाह गरेका राष्ट्रपति यादवले राती प्रधानमन्त्री कोइरालालाई सेना फिर्ता गर्न आग्रह गरेको स्रोतले बताएको छ । मधेस आन्दोलनलाई नैतिक समर्थन दिँदै आएका राष्ट्रपति यादवले मधेसी दलका सर्त मान्न कोइरालालाई आग्रह गरेका थिए । मधेसी दलले सेना फिर्ता गरेपछि मात्र वार्तामा बस्ने अडान राख्दै आएका छन् ।

प्रधानमन्त्री सुशील कोइरालाले शनिवारै चार सुरक्षा निकायका प्रमुखसँग छुट्टा छुट्टै भेट गरेका छन् । नेपाल प्रहरीका प्रहरी महानीरिक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका महानीरिक्षक कोषराज वन्त, प्रधानसेनापति राजेन्द्र क्षेत्री र राष्टिय अनुसन्धानका प्रमुखसँग भेट गरेका छन् । सेना फिर्ता गर्दा हुन सक्ने सुरक्षा खतराबारे उनले छलफल गरेको स्रोतले बताएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी