×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधेश आन्दोलनकारीको ‘हेडक्वाटर’ भारतीय बाणिज्य दुतावास !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मधेश आन्दोलनकारीको ‘हेडक्वाटर’ भारतीय बाणिज्य दुतावास !

१५ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं, १५ भदौ । तराई क्षेत्रमा हिंसात्मक आन्दोलन गरिरहेका आन्दोलनकारीको ‘हेडक्वाटर’ वीरगन्जस्थित भारतीय बाणिज्य दुतावास भएको निस्कर्ष सुरक्षा प्रमुखहरुले निकालेका छन् । वीरगन्जमा मंगलबार मात्र पाँच जनाको मृत्यु भएपछि आकस्मिकरुपमा बसेको सुरुक्षा प्रमुखहरुको अनौपचारिक बैठकले आन्दोलनकारीको खटन–पटन भारतीय बाणिज्य दुतावासबाट भएको निस्कर्ष निकालेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेताहरु बाणिज्य दुतावासमा बसी आन्दोलनको योजना बनाउने गरेका छन् । दुतावासकै सहयोगमा मोर्चाले मधेश क्षेत्रमा हिंसात्मक आन्दोलन चलाएको उनीहरुको ठहर छ । मोर्चा सम्बद्ध नेताहरुले बाणिज्य दुतावासलाई आन्दोलनको हेडक्वाटर बनाउन भारतीय नेताहरुसँग यसअघि प्रस्ताव गरेका थिए । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको निर्देशनमा दुतावासले नेपाल सरकार बिरोधी आन्दोलन चलाइरहेको छ । यसअघि इटहरीमा भएको हिन्दुबादीहरुको आन्दोलनलाई पनि वीरगन्जस्थित बाणिज्य दुतावास र विराटनगरस्थित भारतीय क्याम्प अफिसले सहयोग गरेको निस्कर्ष स्थानीय प्रशासनले निकालेको थियो ।
प्रहरीको अनुसन्धानमा मधेशको आन्दोलन वीरगन्जस्थित भारतीय बाणिज्य दुतावासबाट सञ्चालन भएको देखाएपछि सुरक्षा निकायका प्रमुखहरुले भारतसँग कुटनीतिक प्रयास थाल्न सरकारलाई सुझाव दिएका छन् । मंगलबार बसेको सुरक्षा निकायका प्रमुखहरुको बैठकले भारतसँग कुटनीतिक प्रयास थाल्न आग्रह गरेका छन् । बैठकमा नेपाल प्रहरीका प्रहरी महानीरिक्षक, सशस्त्र प्रहरी महानीरिक्षक, राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाली सेना र गृहसचिवको सहभागिता थियो ।
वीरगन्ज र विराटनगरमा खुलेका भारतीय निकायहरुले नेपालमा खुविया एजेन्सीकारुपमा काम गर्दै आएका छन् । नेपाल सरकारले बारम्वार हटाउन पत्राचार गर्दा पनि वीरगन्जको बाणिज्य दुतावास र विराटनगरको क्याम्प अफिल भारत सरकारले हटाएको छैन । अबैधानिकरुपमा बसेका यी दुई निकायले नेपालमा अस्थिरता पैदा गरेको निस्कर्ष पनि सुरक्षा निकायका प्रमुखहरुले गरेका छन् ।
सुरक्षा निकायका प्रमुखहरुको बैठकले लामो समयदेखि भूमिगत राजनीति गर्दै आएका जयकृष्ण गोइत र भगतसिंहका कार्यकर्ता मधेशी मोर्चाको आन्दोलनमा सहभागि भएको ठहर गरेका छन् । मोर्चा सम्बद्ध नेताहरुको आग्रहमा उनीहरु आन्दोलनमा सहभागि भएका हुन् ।  गोइत र भगतसिंहका कार्यकर्ता आन्दोलनमा आएपछि हिसात्मक बनेको सुरक्षा प्रमुखहरुको निस्कर्ष छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: