×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यरातमा जलाइयो विद्यालय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मध्यरातमा जलाइयो विद्यालय

Artha Sarokar

२० भाद्र २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ,२० भदौ । लमजुङको सुन्दरबजार नगरपालिका–१३ कुन्छास्थित शान्ति उच्च माध्यामिक विद्यालयमा शुक्रबार मध्यरातमा आगो लगाइएको छ ।

अज्ञात समुहले शुक्रबार राति १२ बजे बिद्यालयमा आगजनी गरेको हो । ‘    दिउँसो विद्यालयको प्रथम चौमासिक परीक्षा चलेको थियो’, विद्यालयका प्राचार्य नारायण गिरीले भने, ‘राति एक्कासी आवाज आएपछि हेर्न जाँदा विद्यालय आगोले बलिरहेको थियो । ’

विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएपनि विहान प्रहरीको टोलीले निरीक्षण गर्दा कक्षा ९ को झ्यालको रड काटेर आगो लगाएको भेटिएको प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए । आगजनीबाट विद्यालयको प्रशासन, किचन, लाईब्रेरीसहित चारवटा कोठा पूर्णरुपमा जलेका छन् ।

घटनाको तीन घण्टापछि स्थानीयबासीले निभाएर विद्यालय थप क्षति हुनबाट जोगाएका थिए । आगजनीबाट विद्यालयका २० थान कम्प्युटर, टेबल, दराज र कुर्सी लगायत सामाग्री नष्ट भएको प्रचार्य गिरीले  बताए ।

आगजनीबाट बिद्यालयमा एक करोड २० लाखको क्षति भएको उनले जानकारी दिए । घटनाको अनुसन्धान थालिएपनि हालसम्म कोही पक्राउ नपरेको प्रहरी निरीक्षक थापाले बताए ।
लमजुङको पुरानो सदरमुकाम कुन्छास्थित शान्ति उमावि २००९ सालदेखि सञ्चालनमा आएको थियो । सो विद्यालयमा पाँच सय बढी विद्यार्थी अध्ययनरत छन्  । अन्नपुर्ण पोष्ट

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी