×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बोक्सीको भन्दै सुत्केरीमाथि कुटपिट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बोक्सीको भन्दै सुत्केरीमाथि कुटपिट

Artha Sarokar

२१ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ, २१ भदौ । पनौती नगरपालिका ४ चामखर्ककी २३ वर्षीया मिलामाया वाइबा बललाई छिमेकी शान्ति सिंतान र विमला तामाङले बोक्सीको आरोपमा कुटपिट गरेका छन् । तीन महिनाकी सुत्केरी विमलालाई १७ भदौमा कुटपिट गरिएको हो ।

आफूलाई घरमै आएर कुटपिट गरेको उनले बताइन् । ‘म बच्चालाई दूध खुवाउँदै थिएँ, एक्कासि विमला र शान्ति आएर भुत्ल्याउँदै कुटपिट गर्न थाले,’ उनले भनिन् ‘मेरो छोरो बिरामी पार्ने तैं होइन ? तँ बोक्सीलाई नमारी छाडि्दन भन्दै कुटे ।’ उनको खुट्टामा चोट लागेको छ ।

विमलाले आफूलाई समातेको र शान्तिले कुटपिट गरेको उनले बताइन् । भूकम्पले घर भत्किएपछि उनी टहरामा बस्दै आएकी छन् । यसअघि पनि उनीहरुले टहराभित्रै आएर बोक्सी भएको आरोप लगाउँदै विभिन्न धम्की दिने गरेको उनले बताइन् ।

उनका श्रीमान बैदेसिक रोजगारमा रहेको र घरमा उनी र उनको बच्चामात्र छन् । विमलाले आफूलाई आक्रमण हुने वित्तिकै इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएकी थिइन् । १७ भदौ मै जीवन रक्षाको माग गर्दै प्रहरी चौकी पनौतीमा उजुरी दिएपनि थप अनुसन्धानका लागि १८ भदौमा इलाका प्रहरी कार्यालय बनेपा पठाइएको छ । उत्त मुद्दा थप अनुसन्धानका लागि दर्ता भएको बनेपाका प्रहरी निरीक्षक दीपक भारतीले बताए । नयाँ पत्रिका

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी