×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पद खुस्किने बेला यस्तो छ मन्त्री गुरुङको असुली धन्दा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पद खुस्किने बेला यस्तो छ मन्त्री गुरुङको असुली धन्दा

६ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

म्यानपावर संचालक राज्यमन्त्री टेकबहादुर गुरुङले पदबाट जाने बेलामा घुस उठाउने क्रमलाई तीव्रता दिएको समाचार छ । गुरुङको हिमाल जनशक्ति म्यानपावरले ११ लाख रुपैयाँ रकम असुली गरेको फेलापरेपछि इजरायलले नेपालबाट महिला कामदार लैजान बन्द गरेको थियो ।

नि:शुल्क भिसामा ११ लाख रुपैयाँ प्रति महिला कामदार गुरुङको म्यानयावरले लिने गरेको थियो । राज्यमन्त्री गुरुङको आडमा बैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयका हरेक शाखामा कामदारसँग घुस नभई काम हुँदैन । ताहाचल कार्यालयका कर्मचारीहरुले घुस नभई पूर्वस्वीकृति, अन्तिम स्वीकृतिका काम नगरेको ब्यवसायीहरुको दुुखेसो छ । बैदेशिक रोजगार विभागले गुनासो आएका ६१ वटा म्यानपावरको अनुगमन गरिसकेपछि राज्यमन्त्री गुरुङले अनुगमन रोक्ने र अनुगमन भइसकेकाहरुलाई थप कारबाही हुन नदिने भनी रकम संकलन गरेका छन् ।

म्यानपावर ब्यवसाय नै गर्दैआएका राज्यमन्त्री गुरुङले सो क्षेत्रका केही ब्यवसायीलाई नै अनुगमन रोक्ने सर्तमा आर्थिक संकलन गर्न खटाएका छन् । राज्यमन्त्रीले घुस संकलन गर्न खटाएका एसओएस म्यानपावरका संचालक हेम गुरुङले अनुगमन रोक्न प्रतिम्यानपावर ५ देखि १० लाख रुपैयाँ लिएको एक ब्यवसायीले बताए । ब्यवसायीका अनुसार अनुगमन रोक्ने सर्तमा हेम गुरुङले म्यानपावरहरुबाट एक करोड रुपैयाँ संकलन गरी मन्त्रीलाई बुझाइसकेका छन् । महाधिवेशन खर्च माथिसम्म बुझाउनुपर्छ भन्दै राज्यमन्त्री गुरुङले रकम संकलन गरेका छन् । इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्टका वाईबी राई मार्फत् पनि राज्यमन्त्री गुरुङले रकम संकलन गर्दैआएका छन् ।

राईले पनि म्यानपावर हेरी मन्त्रीका लागि महाधिवेशनमा केन्द्रीय सदस्य जिताउने भनेर समेत रकम असुली गरिरहेका छन् । म्यानपावर बजारतर्फका द रिभर ओभरसिजका रघु पुरीसमेत राज्यमन्त्रीको घुससंकलन गर्ने टोलीमा छन् ।

राज्यमन्त्री गुरुङको भृकृटीमण्डपको फनपार्कका एक कर्मचारी र कानुनी सल्लाहकार हुँ भन्ने नवकांग्रेसी केशव जोशी लगायतका केही घुमन्ते कांग्रेसको बिल्लाधारीहरुले पनि कार्यालय सहयोगीदेखि महानिर्देशक र सचिवसम्म हामीले भनेअनुसारको ल्याउन सक्छौं भन्दै म्यानपावरहरुलाई तर्साउँदै घुस संकलन गर्दैआएका छन् ।

राज्यमन्त्री गुरुङले आफ्नो घुस संकलन अभियानमा सहयोग गर्ने सचिव फेला नपारेपछि अहिलेसम्म निमित्त सचिव सूर्यप्रसाद श्रेष्ठबाटै काम चलाउँदै आएका छन् । निमित्त सचिव भएकाले कानुन विपरीतका काम पनि राज्यमन्त्री गुरुङले श्रेष्ठबाट गराउँदै आएका दृष्ट्रि साप्ताहिकको अनलाईन संकरणमा खवर छ ।  जसका कारण उनलाई ऊर्जामन्त्री राधा ज्ञवाली जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको सिफारिस गर्ने अवस्था आइसकेको मन्त्रालयका एक अधिकारीले बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: