×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुवास नेम्वाङको नाम लेख्न जान्दैनन् राष्ट्रपति कार्यालयका कर्मचारी !

GLOBAL IME BANK

सुवास नेम्वाङको नाम लेख्न जान्दैनन् राष्ट्रपति कार्यालयका कर्मचारी !

२८ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

देश संविधान निर्माणको अन्तिम घडीमा पुगेको छ । संविधान निर्माण प्रक्रिया सुरु भएसँगै असोज ३ गते संविधान आउने मितिसमेत तोकिसकिएको छ । नियमानुसार नयाँ संविधानको लोकार्पण डा. राष्ट्रपति रामवरण यादवले गर्नुपर्छ । तर, लोकार्पणका लागि निम्तो दिन राष्ट्रपतिसँग भेट गर्न समय मागेका संविधानसभा अध्यक्ष सुवास नेम्वाङले समय पाएनन् ।
नेम्वाङले सोमबार साँझ ७ बजेका लागि संविधानसभाका महा–सचिव मनोहर प्रसाद भट्टराईसँगै राष्ट्रपतिसँग भेटको समय लिएका थिए । तर, राष्ट्रपति कार्यालयले विभिन्न बाहाना बनाउँदै भेटको समय नदिएको स्रोतले काठमाण्डु टुडेलाई बताएको छ ।

स्रोतका अनुसार राष्ट्रपति कार्यालय कार्यालयबाट संविधानसभा सचिवालयमा ३ पटक फोन गर्दै ‘सुवास नेम्वाङको नाम कसरी लेखिन्छ’ भन्दै प्रश्न गरेका थिए । स्रोतले भन्यो, ‘संविधान निर्माणको अन्तिम समयमा राष्ट्रपतिको भूमिका महत्वपूर्ण रहन्छ तर, उनले त्यसकै लागि निम्ता दिन मागको समय दिन सकेनन् । उल्टै तीनपटक फोनमा सुवास नेम्वाङको नाम कसरी लेखिन्छभनेर सोधियो ।’
तराई–मधेस केन्द्रित दलहरु आन्दोलनमा रहेकाले उनीहरुको सहमति बिना नै संविधान जारी गर्न लागेको भन्दै असन्तुष्ट बनेका राष्ट्रपति यादवले नेम्वाङसँग भेट गर्न नमानेका हुन् ।

केही दिनदेखि राष्ट्रपति यादवले प्रधानमन्त्री सुशील कोइराला र सधाध्यक्ष नेम्वाङलाई मधेस केन्द्रीत दलहरुका माग पूरा गरेर मात्र संविधान जारी गर्न दबाब दिँदै आएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: