×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मधेस आन्दोनलबारे प्रचण्डको सनसनीपूर्ण खुलासा, मधेसी नेतालाई कडा जवाफ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मधेस आन्दोनलबारे प्रचण्डको सनसनीपूर्ण खुलासा, मधेसी नेतालाई कडा जवाफ

Artha Sarokar

३१ भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो संविधानसभाले किन संविधान दिन सकेन र हाल मधेसीहरु आन्दोलनमा हुँदा पनि कसरी संविधान जारी हुँदैछ भन्ने विषयमा सन्नसनीपूर्ण खुलासा गरेका छन् ।
प्रचण्डले भने- ‘अघिल्लो संविधानसमा ११ प्रदेशको सहमति भएको थियो । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा पनि कुरा मिलेकै थियो । त्यसबेला म विवाद समाधान उपसमितिको संयोजक थिएँ । मधेसका नेता साथीहरुलाई ११ प्रदेशको सहमत गराएर स्टेटमेन्ट तयारा पारेँ । तर मधेसका साथीहरुले हामी सही गर्न सक्दैनौं भनेर अन्तिममा भनिदिए ।
अनि पार्टीभित्र अति क्रान्तिकारी देखिनु पर्ने वैद्यजी, विप्लवजीजस्ता साथीहरुले तिनैको अफिसमा गएर ‘तपाईहरुले हामीलाई बचाउनुभयो, हाम्रा नेताले विश्वासघात गरे, धोका दिए’ भनेका अहिले मेरो दिमागमा ताजा भएर आएको छ । हेर्छु, अहिले तिनै मान्छेहरु पनि संविधान निर्माण हुन नदिनेमा छन् ।’
मधेसलाई बढी भयो
प्रादेशिक सीमांकनमा सवभन्दा बढी पाएको मधेसले नै हो । लिम्बुहरुले लिम्बुवान पाएनन्, किराँतहरुले किराँत पाएनन्, तामसालिङ पनि भएन । तर, सप्तरीदेखि पर्सासम्म पहिचानको आधारमा झन्डै ४५ लाख जनसंख्या भएको सारा, उद्योग, कलकारखाना भएको भूभाग उहाँहरुले पाउनु भएको छ । अरुले त त्यस्तो केही पनि पाएका छैनन् ।’ जनआस्था साप्ताहिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी