Skip to content
LAXMI SUNRISE BANK

भारतीय सेनालाई चिनीया सैनिकको चेतावनी : बोर्डरमा दखल नपुर्याउ

अर्थ सरोकार

बिरलै मात्र आफ्ना भनाई सार्वजनिक गर्ने चिनिया जनमुक्ति सेनाले सीमा क्षेत्रमा भारतीय गतिविधिको कडा बिरोध गर्दे त्यसो नगर्न चेतावनि दिएको छ । सीमा क्षेत्र लद्दाखमा चीन द्वारा निर्माण गरिएको अस्थायी पोष्ट भारतीय जवानले हटाएको केहि दिन पछि चीनको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।
विज्ञप्ति जारी गर्दे चिनिया सेनाले भनेको छ ‘भारतीय सेनाले सीमा क्षेत्रमा रहेको स्थिरता खलल पुग्ने कुनै पनि काम नगरोस् ।’ चीनको रक्षा मन्त्रालयका प्रवक्त वू कियानले भनेका छन् ‘भारतीय सेनाको पछिल्ल्ला गतिविधि दुई पक्षबीच भएको सम्झौताको भावना अनुरुप छैन् ।’
चीनले भनेको छ भारत –चीन सीमामा संयुक्त रुपमा शान्ति कायम राख्ने समहति दुई देशका सरकारबीच भएको छ त्यसलाई भारतीय सेनाको क्रियाकलापले असर प¥याउन सक्ने हुदा गम्भिर बनोस् । चीनको सेनाले चुनौतीपूर्ण भाषामा भारतलाई सहमतिको इमान्दारी पूर्वक पालना गर्न नभए त्यसको सामना गर्न तयार रहन भनेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK