Skip to content
LAXMI SUNRISE BANK

भारतीय संञ्चारकर्मीहरुलाइ नेपाल प्रवेशमा रोक ,भारतीय अधिकारीहरु आक्रोसित

अर्थ सरोकार

तराइ मधेशमा अधिकार प्राप्तीका लागी जारी आन्दोलनको समाचार संकलनका लागी जोगबनी नाका हुँदै शनिवार बिराटनगर आउन लागेका दुई दर्जन बढि भारतीय संञ्चारकर्मीहरलाई नेपाल प्रहरीले प्रवेशमा रोक लागाएका छन् ।
भारतको जीन्यूज टेलिभिजन , आजतक टेलीभिजन , इन्डिया टेलिभिजन , एण्डी टेलिभिजन, इटिभि बिहार टेलिभिजन, हिन्दुस्तान टाइमस् लगायतका दुइ दर्जन बढि संञ्चारकर्मीहरुले प्रत्यक्ष प्रसारणका लागी ओभि भ्यानसहित बिराटनगर प्रवेश गर्न खोज्दा उनीहरुलाइ नेपालका ससस्त्र प्रहरीहरुले रोकेका थिए ।
भारतीय सञ्चारकर्मीहरुले आफुहरु दुइ दिन लगाएर समाचार संकलनका लागी दिल्ली र पट्ना बाट आएको बताएपनि नेपाली प्रहरीले उनीहरुलाई सिडियोको आदेश भन्दै रोकको थिए । २ घण्टासम्म उनिहरुले नेपाल प्रवेशका लागी मोरंगका प्रजिअ गणेशराज कार्कि , पुर्वाञ्चलका प्रहरी प्रमुख डिआइजी माधवराज जोशी लगायतलाई प्रवेशका लागी आग्रह गरेका थिए । तर उनिहरुले माथिको आदेश भन्दै नेपाल छिर्न दिएनन् ।
भारतीय संञ्चारकर्मीहरुलाई सहज प्रवेशको बातावरण मिलाइ दिन संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवले डिआइजी जोशीलाइ गरेको आग्रह समेत अस्वीकार गरेको स्रोतले बताएका छन् । 
आफ्नो मुलुकको संंञ्चारकर्मीहरुलाइ नेपाल प्रवेशमा रोक लागाएपछि बिराटनगरको सिमावर्ती भारतीय जिल्ला अरररियाका डिएम हिमांशु शर्मा र भारतीय प्रहरीका एस्पी सुधिरकुमार पोरीका तत्काल नाकामा आइपुगेका थिए । भारतिय संञ्चारकर्मीहरुलाइ बोर्डमा रोक लगाएपछि आक्रोसित देखिएका डिएम र एस्पीले तत्काल ससस्त्रका एस्पी आनन्द नेम्वागलाइ नाकामा बोलाएर भारतका संञ्चारकर्मीहरुलाइ समाचार संकलन लगाइएको रोकबारे जानकारी लिएका छन् ।
भारतीय संञ्चारकर्मीहरुलाइ नेपाल प्रवेशमा रोकलागएपछि जोगबनी नाकामा शनिबार बेलुकी एक आपसमा कानेखुशी गर्दै भारत अररियाका डिएम हिमांशु र एस्पी सुधिर । भारतीय संञ्चारकर्मीहरुलाइ नेपाल प्रवेशमा रोकलागएपछि जोगबनी नाकामा शनिबार बेलुकी एक आपसमा कानेखुशी गर्दै भारत अररियाका डिएम हिमांशु र एस्पी सुधिर ।
तत्काल जानकारी लिएर उनिहरु संञ्चारकर्मीहरु संगै भार तर्फ फर्केका छन् । भारतीय संञ्चारमाध्यम जिन्यूज टेलिभिजनका सम्बाददाता नितिश कुमारले आफुहरु बिराटनगरमा शनिबार संयूक्त मधेशीमोर्चाले आयोजना गरको बिरोध सभाको समाचार संकलनका लागी आएको बताएका छन् । 
यता जिल्ला प्रशासन कार्यालय मोरंगका प्रमुख जिल्ला अधिकारी गणेश राज कार्किले नेपालको आन्तरीक मामीलामा भारतीय सञ्चारमाध्यमले गलत समाचार सम्प्रेसण गर्ने गरेका कारण सजकता अपनाएको र आउनै परे सुचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सुचना बिभाग बात अनुमती लीएर प्रवेशगर्न पाउने बताए । तर नेपाल भारत बिच हाल सम्म यस्तो कहिले पनी भएको थिएन । नेपला भारत बिच सदियौ पुरानो सम्बन्धका कारण आवत जावतमा यसरी रोक लागेको यो पहिलो पटक हो । यसले नेपाल भारत सम्बन्धमा थप चिसापना ल्याउने बिज्ञहरुको धारणा रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK