×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालसँग निहुँ खोज्दा मोदीलाई रुसले ब्रेक लगाइदिएको खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपालसँग निहुँ खोज्दा मोदीलाई रुसले ब्रेक लगाइदिएको खुलासा

Artha Sarokar

१३ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मसँग त त्यस्तो खराब कुरा गरेनन्, तर प्रचण्डजीसमक्ष भने भारतीय विदेश सचिव एस जयशंकर अशिष्ट शैलीमा प्रस्तुत भएछन् । देखाईदिन्छौं भन्ने पाराले कुरा गरेछन् ।’ बिहीबारको स्थायी कमिटी बैठकलाई एमाले अध्यक्ष केपी ओलीले गरेको रिपोर्टिङ हो यो ।

सोही बैठकलाई भर्खरै दिल्ली गएर पार्टीको पक्षमा लबिङ गरी फर्किएका सचिव प्रदीप ज्ञावालीले समेत ब्रिफिङ गरेका थिए । ‘र’ चिफ राजेन्दर खन्ना, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव एस जयशंकर, भारतीय जनता पार्टीको स्वयम् सेवक संस्था आरएसएस प्रमुखसमेत ४ जनासँग भेटवार्ता भएको रहेछ । त्यसक्रममा उताबाट नेपालले ५० हजार सेना तराईमा परिचालन गरेको, त्यहाँबाट मधेसीमाथि दमन हुँदा हजारौं शरणार्थी भारत पस्ने डर भएको, तसर्थ बेलैमा हस्तक्षेप गर्नुपर्ने खाँचो रहेको बारे सरोकार राखिएको रहेछ ।

यसैबीच त्यहीबेला रुसी राजदूत डा. सर्गेई भ्यासिलिएभिचले केपी ओलीसँग अलग्गै दुई घण्टा र प्रचण्ड तथा प्रधानमन्त्री सुशील कोइरालासँग सामूहिक भेट गरी विकसित परिसथितिमा नआत्तिन, धैर्यधारण गर्न आग्रह गरेका छन् । उनकै सिफारिसमा हो रसियाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा स्थायी सदस्य राष्ट्र बन्ने भारतीय मनोकांक्षालाई ब्रेक लगाईदिएको जनआस्था साप्ताहिकमा खबर छ ।

दोस्रो विश्वयुद्धपछि अमेरिका, चीन, रुस, फ्रान्स र बेलायत स्थायी सदस्य राष्ट्र छन् । बदलिँदो सन्दर्भमा आफूहरु पनि भिटो पावरसहित त्यसको सदस्य बन्न पाउनुपर्ने जापान, भारत, ब्राजिल र जर्मनीको माग छ । हामीले चाहिँ किन नपाउने भन्दै दक्षिण अफ्रिका पनि कराईरहेको छ ।

यसैका निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार न्यूयोर्कमा जी-४ राष्ट्रको बैठक डाके । तर त्यतिबेला नै अमेरिकाबाट निस्किने चर्चित पत्रिका वासिंगटन पोस्टले पहिलो पृष्ठमा ठूलो समाचार छापिदियो, ‘मोदीजीले एक वर्षमा संसारका सबैभन्दा धेरै राष्ट्र डुलेको रेकर्ड बनाउनुभयो तर आफ्ना छिमेकीलाईचाहिँ नराम्ररी चिढ्याउँदै हुनुहुन्छ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी