
नेकपा माओबादी चन्द समुहले नेपालमा भारतीय टेलीभिजन च्यानल बन्द गराएकोमा संयुक्त लोकतान्त्रि मधेशी मोर्चाले आपति जनाएको छ । केही ‘अराजक तत्व’हरुले सदियौंदेखि कायम नेपाल भारतको सम्बन्ध खलबलाउन सक्रिय भएको भन्दै मोर्चाले आपती जनाएको हो ।
मोर्चा पर्साका संयोजक जनपरिचालन समिति संयोजक प्रदीप यादवले मंगलबार पत्रकार भेंटघाटमा जारी मधेश आन्दोलनमा विश्व समुदायबाट चौतर्फी सहयोग प्राप्त बताउँर्दै आन्दोलनको मुद्दालाई बंग्याउन दिगभ्रमित पार्न खोजिएको बताए । चन्दको संगठनले नेपालमा प्रशारित भारतीय च्यानल र भारतीय सवारी साधनलाई बन्दको अवहान गरेको खबरले लोकतन्त्रमा जनताको स्वतन्त्रतामा अंकुश लगाउन खोजेको उनले बताए ।
भेटघाटमा बाँडिएको विज्ञप्तीमा मार्चाले भारतीय टिभिमा प्रतिबन्धको कुरा कदापी आफूहरुलाई मान्य नहुने बताएको छ । मोर्चाले यस्ता प्रकारका गतिबिधीमा केबुल एसोशिएशनको समेत संलग्नता देखिएको भन्दै सच्चिनको लागि चेतावनी समेत दिएको हो । नसच्चिए परिणाम नराम्रो हुने समेत मोर्चाले चेतावनि दिएको छ ।
मोर्चाले जारी गरेको विज्ञप्तीमा काठमाडौं लगायतका पहाडी ठाउँमा २४ घण्टाभित्र पहिलेदेखि संचालनमा रहेका भारतीय च्यानल पुर्नसूचारु नगराए नेपाली च्यानल,चलचित्र प्रशारणमा रोक लगाउने जनाएको छ ।