Skip to content
LAXMI SUNRISE BANK

मोर्चाद्वारा नेपाली च्यानल प्रशारणमा रोक लगाउने चेतावनी

अर्थ सरोकार

नेकपा माओबादी चन्द समुहले नेपालमा भारतीय टेलीभिजन च्यानल बन्द गराएकोमा संयुक्त लोकतान्त्रि मधेशी मोर्चाले आपति जनाएको छ । केही ‘अराजक तत्व’हरुले सदियौंदेखि कायम नेपाल भारतको सम्बन्ध खलबलाउन सक्रिय भएको भन्दै मोर्चाले आपती जनाएको हो ।
मोर्चा पर्साका संयोजक जनपरिचालन समिति संयोजक प्रदीप यादवले मंगलबार पत्रकार भेंटघाटमा जारी मधेश आन्दोलनमा विश्व समुदायबाट चौतर्फी सहयोग प्राप्त बताउँर्दै आन्दोलनको मुद्दालाई बंग्याउन दिगभ्रमित पार्न खोजिएको बताए । चन्दको संगठनले नेपालमा प्रशारित भारतीय च्यानल  र भारतीय सवारी साधनलाई बन्दको अवहान गरेको खबरले लोकतन्त्रमा जनताको स्वतन्त्रतामा अंकुश लगाउन खोजेको उनले बताए ।
भेटघाटमा बाँडिएको विज्ञप्तीमा मार्चाले भारतीय टिभिमा प्रतिबन्धको कुरा कदापी आफूहरुलाई मान्य नहुने बताएको छ । मोर्चाले यस्ता प्रकारका गतिबिधीमा केबुल एसोशिएशनको समेत संलग्नता देखिएको भन्दै सच्चिनको लागि चेतावनी समेत दिएको हो । नसच्चिए परिणाम नराम्रो हुने समेत मोर्चाले चेतावनि दिएको छ । 
मोर्चाले जारी गरेको विज्ञप्तीमा काठमाडौं लगायतका पहाडी ठाउँमा २४ घण्टाभित्र पहिलेदेखि संचालनमा रहेका भारतीय च्यानल पुर्नसूचारु नगराए नेपाली च्यानल,चलचित्र प्रशारणमा रोक लगाउने जनाएको  छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK