
नयाँ संविधान जारी गर्नका लागि संविधानसभामा सोमबार पनि बिहानदेखि नै मतदान भइरहेको छ।
बिहान ११ बजे बसेको बैठकमा विभिन्न संशोधन प्रस्तावलाई अस्वीकृत गर्दै संविधानका विभिन्न धाराहरु पारित गरिएका छन्। आइतबार तीनवटा धाराहरु पारित भएका थिए। आज राति अबेरसम्म बैठक बसाएर भए पनि संविधानका सबै धाराहरु पारित गर्ने योजना छ। सबै धारा पारित भइसकेपछि यही विधेयक संविधानको रुपमा पारित हुनेछ।
आइतबार दिउँसो बसेको संविधानसभालाई सम्बोधन गर्दै शीर्ष नेताहरुले प्रकियामा जानुबाहेक अर्को विकल्प नरहेको बताएका थिए ।संविधानसभाका करिब नब्बे प्रतिशत सभासद् प्रकियाको पक्षमा छन्। सभाको अत्यधिक बहुमत अहिले संविधान जारी गर्नुपर्ने पक्षमा देखिएपछि मतदान शुरु भएको हो ।
संविधानसभाको हाल कायम सिट संख्या ५९८ मात्र हो। राप्रपा नेपाल पनि प्रक्रियामा सहभागी भएपछि संविधानसभामा ५४० सभासद् संविधान जारी गर्ने प्रकियाका पक्षमा छन्। प्रकियाको पक्षमा रहेका दलहरूको संख्या १९ पुगेको छ।
संविधान पारित गर्न चाहिने अन्तरिम संविधानको धारा ७० को प्रावधानअनुसार आवश्यक पर्ने दुईतिहाई बहुमत भनेको ३९८ सभासद् हुन्।र संविधानका धाराहरु पारित गर्नका लागि तत्काल कायम (५९८) को दुईतिहाई (करिब चार सय)उपस्थित बैठकको दुईतिहाईले बहुमत भए पुग्ने प्रावधान छ। सबै धारा पारित गरिसकेपछि संविधानको विधेयकलाई अन्तिम अवस्थामा अनुमोदन गर्नका लागि मात्रै दुईतिहाई बहुमत अनिवार्य हुने प्रावधान छ।
प्रमुख तीन दलमा रहेको सभासद् संख्या ४ सय ७४ नै संविधान निर्माणका लागि पर्याप्त छ। यसमा राप्रपा नेपालका २५ सभासद् मिसिएपछि संविधान जारी गर्ने प्रकियाका पक्षमा अत्यधिक बहुमत भएपछि संविधान जारी गर्ने प्रक्रिया अघि बढेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्