Skip to content
LAXMI SUNRISE BANK

भारतीय च्यानल रोकेकोमा सरकारले दियो कारवाही चेतावनी, २४ घन्टे स्पष्टिकरण

अर्थ सरोकार

भारतको अमानवीय नाकाबन्दीको विरोधमा हिन्दी च्यानल रोक्ने केबुल टिभी अपरेटरलाई सरकारले कारवाहीको चेतावनी दिँदै मंगलबार २४ घन्टे स्पष्टिकरण सोधेको छ।

सूचना तथा सञ्चार मन्त्रालयले नेपाल केवल टिभी व्यवसायी महासंघ, नेपाल केवल टेलिभिजन महासंघ, डिसहोम तथा सिम्पल मिडियालाई पत्र काटेको हो।

‘संविधान र राष्ट्रिय प्रसारण ऐनअनुसारका कार्यक्रम प्रसारण गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेमा अग्रिम जानकारी नदिई प्रसारण बन्द गरिएको हुँदा त्यस संस्थालाई किन कारवाही नगर्ने?’ मन्त्रालयको पत्रमा भनिएको छ।

letter
सञ्चार मन्त्रालयको लेटरप्याड प्रयोग भएको पत्रमा नामबिहीन शाखा अधिकृतको हस्ताक्षर उल्लेख छ। मन्त्रालयले २४ घन्टाभित्र स्पष्टिकरण दिन र बन्द गरिएका हिन्दी च्यानल सञ्चालन गर्न निर्देशन दिएको छ।

आफू अनुकूल संविधान नबनाएको प्रतिशोधमा भारतले नेपालमाथि नाकाबन्दी लगाएको विरोधमा नेपालमा हिन्दी फिल्म तथा च्यानल प्रतिबन्ध गर्न दवाब परेको थियो। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले हिन्दी फिल्म, च्यानल तथा विज्ञापन प्रसारण रोक्न प्रदर्शकसँग माग राखेर आन्दोलन सुरु गरेको थियो।

सोहीअनुसार सिनेमा हल तथा केवल टेलिभिजन नेटवर्क, च्यानल वितरकहरुले मंगलबार बिहान १० बजेदेखि नेपालमा हिन्दी च्यानल रोकका हुन्। मंगलबारदेखि नै काठमाडौंमा हिन्दी सिनेमाको प्रदर्शन रोकिएको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK