×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्यासिनो खुलाउन पर्यटनमन्त्रीद्वारा गुण्डागर्दी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

क्यासिनो खुलाउन पर्यटनमन्त्रीद्वारा गुण्डागर्दी

Artha Sarokar

१३ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सम्झौंता अनुरुप होटलको भाडा चुक्ता नगरेको कारण बन्द भएका क्यासिनो खुलाउन पर्यटनमन्त्री कृपासुर शेर्पाले गुण्डागर्दीको सुरुवात गरेका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा पूर्व राजाका ज्वा“ई राजबहादुर सिंहले सञ्चालन गरेको क्यासिनो रोयल खुलाउन मन्त्री शेर्पाले सिधै आफ्नो मोबाईलबाट होटल मालिक राधेश्याम सरार्फलाई धम्की दिएको बुझिएको छ ।

स्रोतका अनुसार पर्यटनमन्त्री शेर्पाले तत्काल क्यासिनोका ढोका खोलेर सिंहलाई क्यासिनो सञ्चालन गर्न दिनु भन्दै सरार्फलाई हकारेका थिए । ३२ करोड घर भाडा नतिरेपछि होटलले क्यासिनोस“ग गरेको सम्झौंता तीन महिना अगाडि खारेज गर्दै कानूनी बिधी अनुसार क्यासिनो बन्द गराएको थियो ।

घर भाडा, राजश्व र मजदुरको पारिश्रमिक समेत चुक्ता नगरेका सिंहलाई शेर्पाले बारबम्बार क्यासिनो खुलाउन होटल मालिक सरार्फलाई दबाब दिदै आएका छन् । सिंहले क्यासिनो बिक्री गर्ने नाममा बैना बट्टा गर्दै करोडौं रुपैंया“ ठगी गर्नुका साथै १७ करोड बराबार राजश्व चुक्ता गरेका छैनन् । पर्यटन मन्त्रालयले सिंहलाई कारवाहीको गर्नुको सट्टा उल्र्ट बचाउ गर्न थालेपछि मन्त्री शेर्पा र सिंहबीच ठूलै रकमको डिल भएको आशंका हुन थालेको छ ।

बन्द क्यासिनो खुलाउन मन्त्री शेर्पाले एक महिना अगाडि मन्त्रायलबाटै सचिबको टोली पठाएका थिए । तर होटल मालिकले भाडा चुक्ता नगरेसम्म कुनै पनि हालतमा नखोल्ने अडान लिएपछि उनीहरु ताला फोड्ने भन्दै फर्किएका थिए । त्यसको केही दिनपछि मन्त्रालयकै लेटरप्याडमा क्यासिनो खोलीदिन मन्त्रीले ठाडो आदेशसहितको पत्र पठाएका थिए ।

सो पत्रको पनि होटलले कार्यान्वयन नगरेपछि गत साता मन्त्री शेर्पाले आफैले होटल मालिक सरार्फलाई फोन गरेर क्यासिनो खोल्न सहयोग नगरे ठिक नहुने भन्दै धम्की धम्क्याएका थिए । मन्त्रीले पदको दुरुप्रयोग गर्न थालेपछि मन्त्रालयका कर्मचारी समेत रुष्ट बनेका छन् । गर्न नमिल्ने र आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर मन्त्रीले मनलाग्दी गर्ने थालेको मन्त्रालयमा चर्चा छ ।

क्यासिनोको नाममा ठगी गर्दै आएका सिंह र उनका भाई नाता पर्ने हरिशबहादुर सिंहले क्यासिनो बिक्री गर्ने नाममा आधा दर्जन व्यापारीस“ग करोडौं रुपैंया ठगी गरेको यसअघि नै सार्वजनिक भएसकेको छ । क्यासिनो स्रोतका अनुसार ६ महिनाबीचमा भारतीय ब्यापारी आशिष पटेल, मुन्ना भाई र एक चाईनिज व्यापारीस“ग सिंह दाजुभाईले ३० करोड बराबार ठगी गरेको स्रोतको दावी छ ।

पछिल्लो समय सिंह दाजुभाईले मिनी क्यासिनो सञ्चालन गर्दै आएका सुरेन्द्र सिंहलाई क्यासिनो चलाउने जिम्मा दिएका छन् । मिनी क्यासिनोको नाममा नेपालीलाई क्यासिनोमा प्रबेश गराई करोडौं असुल्ने सुरेन्द्र अहिले रोयल क्यासिनो चलाउन लागिपरेका हुन् । तर होटल मालिक सरार्फ भने कुनै हालतमा अब होटलमा क्यासिनो चलाउन नदिने अडानमा छन् ।

मन्त्री शेर्पा यति एयर लाईन्सका मालिक आङछिरिङ शेर्पाका डमी हुन् । बास्तममा पर्यटन मन्त्रालय चलाउने त आङछिरिङ भएको सर्वत्र चर्चा छ । शेपालाई मन्त्री बनाउन पर्यटन ब्यबसायी आङछिरिङले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलै धनराशी खर्चेका थिए । केही महिना पहिले विदेश भ्रमण र उपचारका लागि ओली बाहिर जा“दा सम्पूर्ण खर्च ब्यहोरेका थिए । – स्रोत अपराधखवर

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी