
एमाओवादी नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पार्टीको साधारण सदस्य र सभासदबाट पनि राजीनामा दिएको घोषणा गरेका छन् ।
संविधान निर्माण प्रक्रियामा सक्रिय सहभागिता जनाएका भट्टराई संविधान जारी भएसँगै पार्टी नेतृत्वसँग असन्तुष्टी जनाउँदै आएका थिए । नयाँ बानेश्वरको इन्द्रेणी फुडल्यान्डमा आयोजित कार्यक्रममा भट्टराईले पार्टीको साधारण सदस्यता पनि परित्याग गरेको बताए। रुपान्तरित व्यवस्थापिका संसदमा आफू सांसद नरहने पनि उनले बताए। ‘मैले यो जानकारी पार्टी अध्यक्ष प्रचण्डलाई र सभामुख सुवास नेम्वाङलाई पनि जानकारी गराइसकेको छु’, उनले भने ।