
अर्चना पनेरु र सुनिता पनेरुका विषयमा हाम्रो कार्यालयमा अस्ति निवेदन आएको थियो । हामीले हिजो उहाँहरु दुवैजनालाई पक्राउ गरेर ल्यायौं । सोधपुछका क्रममा उहाँहरुले फेसबुकको फोटोहरु आफैंले राखेको भनेर स्वीकार्नुभयो ।
आमा सुनिताले छोरीलाई पोर्नस्टार बनाउनका लागि यस्तो फोटोहरु खिचेको भन्नुभयो । उहाँको भनाइ सुन्दा कतै आमाले नै करकापमा पारेर फोटो खिचेको त होइन भन्ने पनि लाग्यो । त्यसैले छोरीलाई छुट्टै राखेर सोधपुछ गर्दा उनले आफ्नो इच्छाअनुसार नै आमाले फोटोसुट गरिदिएको बताइन् । सन्नी लियोनीजस्तै पोर्नस्टार बन्ने उनको रहर रहेछ ।
हामीले आमाछोरीलाई राखेर धेरै सम्झायौं । तपाईंहरुले आफ्नी छोरीको लाइफ बर्बाद गर्दै हुनुहुन्छ र समाज बिगार्ने काम गर्दै हुनुहुन्छ, नेपालमा यस्तो चल्दैन भन्दा उल्टै हामीलाई पाठ सिकाउन खोजिन् ।
सुनीता कुनै हालतमा पछि हट्न तयार भइनन् । पछि हामीले केटीका बुवालाई पनि झिकायौं । उहाँले चाहिँ आफ्नो इच्छाविपरीत आमा र छोरीले यस्तो काम गरेको बताउनुभएको छ । आमा र छोरीले उहाँलाई खासै नटेर्ने गरेको देखिन्छ ।
त्यहाँ थुप्रै गाउँले भद्रभलादमी र पत्रकारहरु जम्मा हुनुभयो । सबैजनाले एकै स्वरमा विरोध गरेपछि बल्ल अब आइन्दा यस्तो गर्दैनौं भनेर कागज गर्न तयार हुनुभयो । कागज गरेर उहाँहरुलाई छोडिदियौं ।
पहिलोपटक भएकाले सुध्रने मौका दिएका हौं । भविश्यमा के गर्नुहुन्छ, हामी हेर्नेछौं । फेरि यस्तो काम दोहोर्याउनुभयो भने साइबर क्राइममा मुद्दा चलाउँछौं ।
– See more at: http://www.onlinekhabar.com/2015/09/324303/#sthash.bW4groBd.dpuf