×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मसँग बिहे गर्ने कोही छ ? – रेखा थापा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

मसँग बिहे गर्ने कोही छ ? – रेखा थापा

२२ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दुबइमा आयोजना भएको ‘तीज विशेष’ कार्यक्रममा सहभागी हुन पुगेकी नायिका रेखा थापाले रातो लेहेङ्गा लगाइन् । नेपालमा आयोजना भएका कार्यक्रममा रेखाले यस्तो पहिरन लगाएकी थिइनन् । रातो सारी लगाएपछि रेखालाई कतै बिहे गर्न त मन लाग्न थालेको होइन ? रेखाले भनिन्-‘बल्ल त रातो सारी सुहाउन थालेको छ ।’

उनलाई ज्योतीषले वि.सं २०७३ पछि मात्र लगन छ भनेका छन् । सायद, ज्योतीषका कुराले पनि रेखाको मनमा तरंग ल्याइदिएको हुनसक्छ । रेखालाई बिहे गर्न मन लागेको त छ, तर केटा नभेटेको गुनासो उनले गरिन् । रेखाले भनिन्-‘सबैले बिहे गर त भन्छन्, तर बेहुला खै त ?’ उनलाई चाहिएको बेहुला कस्तो हो त-‘तीजको दिनमा ब्रत बस्ने अनी मात्र भन्छु ।’ बिहे र प्रेमको बिषयमा कलाकारहरु सधै नै चर्चामा र मिडियाको घेरामा रहन्छन् । कुनै समय नायक राजेश हमाल बिहेको प्रश्नमा घेरिएका थिए । रेखाले केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै २ बर्ष भित्र बिहे भए गर्ने नत्र नगर्ने बताएकी थिइन् । तीज कार्यक्रममा नेपालीहरुले देखाएको मायाले आफू अत्यन्त उत्साहित भएको उनको भनाई छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: