×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एम्बुलेन्सबाट थुतेर घाइते सशस्त्र प्रहरीको हत्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एम्बुलेन्सबाट थुतेर घाइते सशस्त्र प्रहरीको हत्या

Artha Sarokar

२५ भाद्र २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भाद्र २५, २०७२- शुक्रबार बिहान महोत्तरीको जलेश्वरमा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका सशस्त्र प्रहरीका असइ थमनबहादुर विकको उपचार लागि लैजादै गर्दा बाटोमै हत्या भएको छ ।

जलेश्वरमा आज बिहान प्रदर्शनकारीको कुटाइबाट घाइते भएका विकको थप उपचारको लागि जनकपुर अस्पताल लैजाँदै गर्दा बाटोमा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको सशस्त्र प्रहरी निरीक्षक धर्म थापाले बताए ।

जलेश्वर अस्पतालबाट जनकपुर अस्पतालमा लैजाँदै गर्दा जनकपुर-जलेश्वर सडकखण्ड अन्तर्गत महोत्तरी गाविस नजिक पर्ने भगवानपुरमा विकलाई एम्बुलेन्सबाट झिकेर प्रदर्शनकारीले भाटाले हानेर हत्या गरिएको थापाले बताए ।

जलेश्वर अस्पतालको एम्बुलेन्सबाट जनकपुर अस्पतालमा विकलाई एम्बुलेन्समा लगेको खबर पाएपछि प्रदर्शनकारीले बाटोमा कुरेर एम्बुलेन्स कब्जामा लिएका थिए । उनीहरुले विकलाई एम्बुलेन्सबाट झिकेर सडकबाट ३ सय मिटर पर धान खेतमा लागेर भाटाले हानेर हत्या गरेको थापाले घटनास्थलबाट जानकारी दिएका छन् । उनका अनुसार प्रदर्शनकारीले एम्बुलेन्स समेत जलाएका छन् । विकको शव वरपर भाटा र वियरको बोत्तल फेला परेको पनि उनले बताए ।

विकसँगै गएका सादा पोशाकका कुरुवा र एम्बुलेन्स चालक सम्पर्कबिहीन छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी