Skip to content
LAXMI SUNRISE BANK

केसीको माग पूरा गर्न सरकार सहमतिबाट पछि हट्यो

अर्थ सरोकार

प्राध्यापक डा. गोविन्द केसीसँग शनिबार मध्यरातमा भएको सहमतिमा लगत्तैको मन्त्रिपरिषद् बैठकले चिकित्साशास्त्र शिक्षा आयोग गठन गर्ने प्रतिबद्धता गरे पनि सरकारले यसका लागि मन्त्रिपरिषद्को सामाजिक समितिलाई गुहारेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

सोमबारको बैठकले आयोग गठनसम्बन्धी सहमति मन्त्रिपरिषद्को सामाजिक समितिमा पठाउने निर्णय गरेको सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए। बैठकमा मुख्य सचिव डा. सोमलाल सुवेदीले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग भएको सहमतिबारे जानकारी गराएका थिए।

चिकित्सक केसीले उक्त आयोग गठन गर्न सरकारले प्रतिबद्धता व्यक्त गरेपछि शनिबार मध्यरातमा सहमति गरेका थिए।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK