×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शीतल निवासमा प्रधानमन्त्री चर्केपछि…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शीतल निवासमा प्रधानमन्त्री चर्केपछि…

Artha Sarokar

२९ भाद्र २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राष्ट्रपति डा. रामबरण यादवसँग भेट गरेपछि प्रधानमन्त्री सुशील कोइराला निकै आक्रोशित देखिए। मंगलबार राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुगेका प्रधानमन्त्री कोइराला राष्ट्रपति कार्यालयबाट बाहिरिने क्रममा आक्रोशित भएका हुन्।

राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । भेटवार्तापछि संचारकर्मीसँग प्रधानमन्त्री कोइराला आक्रोशित रुपमा प्रस्तुत भए। प्रधानमन्त्रीलाई संचारकर्मीले भेटवार्ताका विषयमा प्रतिक्रिया माग गरेका थिए। संचारकर्मीले प्रधानमन्त्रीलाई संविधान कहिले आउँछ भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले आक्रोशित हुँदै भने,’संविधान कहिले आउँछ भन्ने कुरा सभामुखलाई सोध्नुस।’

प्रधानमन्त्री आक्रोशित भएपछि संचारमकर्मीले प्रधानमन्त्रीलाई रिसाएजस्तो देखियो नी भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रधामन्त्रीले आफ्नो बोली नै यस्तै भएको बताएका थिए। राष्ट्रपतिसँग के विषयमा छलफल भयो भन्ने संचारकर्मीको जिज्ञासामा प्रधानमन्त्रीले भने,’के के के कुरा भयो तपाइहरुलाई सबै बताउँ ?’  राष्ट्रपतिसँग भेटगरी बाहिर निस्कने क्रममा राष्ट्रपतिका स्वकीय सचिव ललित बस्नेतले प्रधानमन्त्रीसँग केहीबेर भला कुसारी गरेका थिए।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी