
यही २३ गते जलेश्वरको महेन्द्र चोकमा आन्दोलनरत मधेशी मोर्चाले कोणसभा गरिरहेको बेला प्रहरीसँग झडप हुँदा तीनजना आन्दोलनकारी मारिएका थिए । दुई दिनपछि सशस्त्र प्रहरीका एक असईलाई आन्दोलनकारीले आक्रमण गरी ज्यान लिएका थिए । सोही दिन प्रहरीले थप दुई जनालाई मारेपछि अहिले प्रहरी र जनता दुवै आतङ्कित भएका छन् ।
भदौ २५ गते असई थमनबहादुर विश्वकर्मा मारिएपछि जलेश्वरको प्रहरीले बज्राही, रतवारा, साडी, महोत्तरी, सोनमा, सनोखरालगायत गाउँमा प्रवेश गरी अनाहकमा सर्वसाधारणलाई यातना दिएको भन्दै स्थानीय आक्रोशित छन् । शुक्रवार साँझदेखि आइतवार बिहानसम्म स्वतन्त्र सभासद् चन्देश्वर झा, केदारनाथ पाठक, महेशप्रसाद चौधरी, अरविन्द साह, महेन्द्र चौधरी, महेन्द्र झा, जयरुद्र झा, हरिशचन्द्र ठाकुर, जयविन्द झालगायत बज्राहीका ५ सय घरधुरीमध्ये ४ सय परिवारका सदस्यले हस्ताक्षर गरी विज्ञप्ति नै जारी गरेका छन् । नेपाल सरकारपले सुरक्षा प्रदान गर्न नसक्ने भएकाले आत्मसुुरक्षाका लागि छिमेकी मित्रराष्ट्र भारतमा शरण लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।
यता, आन्दोलनरत मोर्चामा आबद्ध चारओटै मधेशी दलका महोत्तरी अध्यक्ष तथा केही केन्द्रीय सदस्य मधवापुर शिविरमा तीन दिनदेखि बसिरहेका छन् । मधवापुर शिविरमा सद्भावना पार्टीका केन्द्रीय सहमहामन्त्री देवेन्द्र यादव, तमसपा केन्द्रीय उपाध्यक्ष रानी शर्मा, केन्द्रीय सदस्य सुरेश पाण्डे, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य हरिनारायण यादव, नागेन्द्र यादव, अमरेशनारायण झा, तमलोपा केन्द्रीय सदस्य सुशील शर्मा, नेपाल सद्भावना पार्टीका केन्द्रीय सुनिल रोहितलगायत छन् ।
विहारमा विधानसभाको चुनावलाई लक्षित गरी भारत सरकारले गत शुक्रवारदेखि त्यहाँको ग्रामीण क्षेत्रमा ५ भन्दा बढी सङ्ख्यामा भेला, सभा, सम्मेलन गर्न नपाउने व्यवस्था लागू गरेको छ । उक्त नियमले भने शरणार्थी बस्न अप्ठ्यारो परिरहेको उनीहरूले बताए । -अभियान टाइम्स बाट
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्