
टर्कीको समुद्री किनारमा मृत अवस्थामा भेटिएका बालक एलन कुर्दीका बाबुले क्यानडाको शरण दिने प्रस्ताव अस्विकार गरेका छन् । तीन वर्षका बालक एलनका बाबु अब्दुल्ला कुर्दीलाई क्यानडाले शरण दिने प्रस्ताव गरेको थियो । तर अब्दुल्लाले आफू सिरिया मै बस्न चाहेको बताउँदै क्यानडाको प्रस्ताव अस्विकार गरेका हुन् । एलन आमाबाबुका साथ ग्रिस जानका लागि डुंगामा चढेका थिए । एलन चढेको डुंगा डुब्दा एलनसँगै उनका दाइ र आमाको पनि ज्यान गयो । समुद्रको छालले एलनको शव किनारमा ल्याएको थियो । समुद्रको किनारमा मृत अवस्थामा रहेको एलनको तस्बिर सार्वजनिक भएपनि विश्वका धेरैको ध्यान केन्द्रित भयो । यसले धेरैको आँखा रसायो । मन अमिलियो । यो दुर्घटनामा एलनका पिता अब्दुल्ला बाँच्न सफल भए । अब्दुल्लाकी बहिनी तिमा कुर्द क्यानडामा बस्दै आएकी छन् । आफ्ना दाइलाई क्यानडाले शरण दिने प्रस्ताव गरेको तर दाइले अस्विकार गरेको तिमाले बताएकी छन् । दाइले आफू आफ्ना दुई बच्चा र श्रीमतीको चिहान जहाँ छ त्यही बस्न चाहन्छु भनेको तिमाले बताएकी छन् । एलन, उनका दाइ र आमाको शुक्रबार अन्तिम संस्कार गरिएको छ । तिमाले भने सिरियामा रहेका सबै आफन्तलाई क्यानडा ल्याउन चाहेको बताएकी छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्